कैलालीका आगलागी पिडीतलार्इ गायिका मल्लले गरीन १० हजार सहयोग

रमेश बजगार्इ, कैलाली । सुदुरपश्चिमकी चर्चीत गायिका चादनी मल्लले कैलालीको लम्की चुहा-३ बल्चौरमा आगलागी बाट घरबार बिहीन बनेको बिर बहादुर बादीलाइ १० हजार सहयोग गर्नुु भएको छ । आगलागी बाट घर र सामान जलेर नष्ट भएकाले बिर बहादुर लाइ केही भएपनि राहत होस भनेर १० हजार सहयोग गरेको उहाले बताउनु भयो ।

गायीका मल्लले कैलाली क्षेत्र नम्बर- २ का सांसद झपट रावललाइ सो रकम दीनु भएको छ । चैत्र १२ गते बिर बहादुरको घरमा आगलागी भएको थियो । सांसद रावल बादी बस्तीमा आफै पुग्नु भएको थियो ।

सांसद रावलले पीडीतको बारे जानकारी गराए पछी आफुले सहयोग गरेको गायीका मल्लले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार