
पोर्तुगल । मिर्गौलापीडित शर्मिला शाक्य पराजुली र उक्त रक्तचापका कारण पक्षघातको समस्या ब्यहोरेका चन्द्रकिशोर पराजुली दम्पत्तिलाई सहयोग हस्तान्तरण गर्ने क्रम शुरु भएको छ । ब्रिल्यान्त हिमालयन कल्चरल एशोशिएशन पोर्तुगलले अाइतबार २ हजार ३ सय ३१ युरो ३३ सेन्ट हस्तान्तरण गरेको छ ।
पीडित परिवारकै निवासमा गैह्र आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद सदस्य नरेन्द्रबहादुर हमाल, पर्यटनदूत रमेशकुमार गुरुङलगायतको उपस्थितिमा एशोशिएशनका पदाधिकारीले सहयोग रकम प्रदान गरेका हुन् । एशोशिएशन आर्थिक संकलन संयोजक गौरव न्यौपानेले सबै सहयोगी दाताहरुलाई धन्यवाद दिदै सहयोगीहरुको सूची हामीलाई उपलब्ध गराएका छन् । एशोशिएशनले अप्रिल २१ तारिखका दिन सहयोगदाताहरुलाई कृतज्ञता पत्र दिने पनि उनले बताए ।

जम्मा सहयोगी हात -१०३ जना
जम्मा सहयोग रकम २३३१.३३€
अक्षरुपी दुईहजार तिन सय एकतिस युरो ३३ सेन्ट
















