यसरी नांगियो एनआरएन अमेरिका : भिसा काण्डमा १७ एनसिसी सदस्यले जनाए आपत्ति , मागियो राजिनामा (नामावलीसहित )

किरण बुढाथोकी, काठमाडौं |

गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले एक पत्रकारलाई भिषाका लागि पत्र पठाएको विषय हंगामा भएपछि त्यहाँका एनसिसी सदस्यले आपत्ति जनाएका छन । सामाजिक सञ्जालमा अध्यक्ष पौडेलले एक पत्रकारलाई भिसाका लागि पठाएको पत्रको विषयमा कुनै जानकारी नभएको र कुनै निर्णय नभएको भन्दै १७ एनसिसी सदस्यले आपत्ति जनाएका हुन ।

एनआरएन अमेरिकाको बेथितीबिरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आउनुभएका पत्रकार शैलेन्द्र श्रेष्ठले अध्यक्ष पौडेलको सो पत्र सार्वजनिक गर्दै उहाँको राजीनामा मागेपछि एनसिसी कार्यसमिति सदस्यहरुले अध्यक्षको त्यस्तो कार्यको निन्दा गरेका हुन ।

उनीहरुले भनेका छन, केही दिन देखी बिभिन्न सामाजिक संन्जाल तथा मिडिया मार्फ़त तत्कालीन कार्यसमितीका नाउमा नवौं क्षेत्रीय सम्मेलन न्यूजर्सिको निमन्त्रणा सम्बन्धि पत्रलाई लिएर सम्प्रेषित सुचना प्रती हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । उक्त निमन्त्रणा पत्रकों बारेमा हामी तत्कालीन पदाधिकारी तथा बोर्ड अफ डायरेक्टरको हैसियतमा जानकारी नभएको र सो समयमा कुनै पनि बोर्ड बैठकमा यि र यस्ता पत्रको बिषयमा छलफल नभएको र उक्त पत्र सम्बन्धी हाम्रो कुनै संलग्नता नरहेको ब्यहोरा सम्पूर्णलाई जानकारी गराउछौ ।

तसर्थ त्यस पत्रकों सम्बन्धित निकायले गहन अध्ययन तथा अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याई यस गरिमामय संथाको सॉख जोगाउन हामी तपशिलका तत्कालीन कार्यसमितिका पधादिकारीहरू सम्पूर्णमा हार्दिक अपिल गर्दै राम्रो कार्यमा हाम्रो साथ समर्थन र खबरदारी रहने प्रतिबद्धता जनाउछौं। हाम्रो जिम्वेवारी यस संस्थालाई सधै गरिमामय बनाई हामी प्रवासी नेपालीको साझा संस्था बनाउनु हो, उनीहले भनेका छन ।

अध्यक्षको सो पत्रको विषयमा आपत्ति जनाउने ( २०१५-२०१७ का कार्यसमिति ) निम्नानुसार हुनुहुन्छ :

१. कृष्ण पोख्रेल, बरिष्ठ उपाध्यक्ष

२. रबिना थापा, उपाध्यक्ष

३. राम सि पोख्रेल, उपाध्यक्ष

४. डिल्लीराम भट्टराई, उपाध्यक्ष

५. तीलक श्रेष्ठ , माहासचिब

६. शंकर खड्का, सचिब

७. बेदराज बस्नेत, कोषाध्यक्ष

८. प्रकाश सापकोटा, सह – कोषाध्यक्ष

९. वर्षा मोक्तान . महिला कोवर्डिनेटर

१०. सर्बज्ञ वाग्ले, मिडिया कोवर्डिनेटर

११. राम प्र खरेल, प्रवक्ता

१२. सुर्य लम्साल, बोर्ड अफ डायरेक्टर

१३. हरिश चन्द्र हमाल , बोर्ड अफ डायरेक्टर

१४. शुसिल रेग्मी , बोर्ड अफ डायरेक्टर

१५.सत्येन्द्र शाह , बोर्ड अफ डायरेक्टर

१६. गोबिन्द श्रेष्ठ , बोर्ड अफ डायरेक्टर

१७. मोहन ज्ञवाली , बोर्ड अफ डायरेक्टर

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार