
अल्जेरिया । अल्जेरियामा भएको सैन्य विमान दुर्घटनामा कम्तिमा १८१ को मृत्यु भएको छ ।
राज्यद्वारा सञ्चालित रेडियोका अनुसार राजधानी अलजायर्सबाट करिब २० माइल टाढा रहेको बोफारिक एयरबेसमा विमानले उडान भर्ने बित्तिकै दुर्घटनामा परेको थियो ।
मिडिया रिपोर्टका अनुसार सोभियतद्वारा डिजाइन इल्युसिन आइएल–७६ विमान दक्षिण अल्जेरियामा रहेको बेचारतर्फ जाँदै थियो ।
यतिबेला दुर्घटना स्थलमा उद्दारकार्य जारी रहेको छ ।
विमानमा २ सय जनाभन्दा बढी सवार भएको भनिएको छ ।
















