चलचित्र ‘भोर’को च्यारीटी शो

तराईमा रहेको दाईजो प्रथाको कथामा निमार्ण भएको चलचित्र भोरको हेटौडामा च्यारीटी सो सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले आज आयोजना गरेको च्यारीटी सो हेरे पछि दर्शकहरुले चलचित्रको खुलेर प्रशंसा गरेका छन्, ।दर्शकहरु संग बसेर सिनेमा हेर्दै निर्देशक यादब भट्राईले चलचत्रिमा वास्तविक कथालाई पर्दामा उतार्दा दर्शकहरुले तारिफ गरेको बताए ।

यसअघि भट्राईले सती प्रथामा आधारित झोला निर्देशन गर्नुभएको थियो । ओमम्याक्स हलमा सम्पन्न च्यारिटि शोमा निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद प्रसाद खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिकासराज खनाल , माईती नेपालकी संयोजक माया लामा, अस्मिता नेपालकी अध्यक्ष आरती पाठक, शक्ती समुहका क्षेत्रीय संयोजक अस्मिता तामाङ तथा महिला हिंसा तथा मानव अधिकारसम्बन्धि काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


चलचित्र हेरेपछि प्रतिक्रिया दिनुहुदै प्रहरी उपरिक्षक खनाल तथा माईति नेपालकी संयोजक लामाले यस्ता खालको चलचित्रले समाजमा भएका दाईजो प्रथा जस्ता समस्या न्युनिकरणमा मद्वत पुग्ने प्रतिकृया दिुनभएको छ । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौत्तमले चलचित्र भोर तराईमा भएको वास्तविक घटनामा आधारित चलचित्र भएकोले च्यारिटि शो गरेको जानकारी दिनुभयो । चलचित्रमा रामनारायण ठाकुर, राजेश सक्सेना, डोलि सरकार र बि।एन पटेल लगायतको अभिनय रहेको छ । चलचित्रलाई देवेन्द्र सुवेदीले निर्माण गर्नुभएको हो । निमार्ता सुवेदीले हेटौडाका दर्शकहरुले भोर लाई बोर नमानी पुर्ण रुपमा हेरेर प्रतिक्रिया दिएकोमा धन्यवाद ज्ञापन गरे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार