अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनयमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ नेपालसँगै अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । नेपालमा वैशाख १४ गतेबाट प्रदर्शने चलचित्र सोही मितिमा (अप्रिल २७) मा अमेरिकामा प्रदर्शन हुने भएको हो । डेलिभरी गर्ल बनेका केकी र प्रियंकाकाे भिडियाे हेर्नुस् :
चलचित्रलाई प्लानेट थ्री फिल्म्स, कोसेली इभेन्ट्स, नेप्सिन र फ्युजन इन्टरनेसनलले अमेरिका वितरणको जिम्मा लिएका छन् । कोहलपुर एक्सप्रेस अमेरिकाको डलास, बोस्टन, न्यू योर्क, सिकागो, बाल्टिमोर, भर्जिनिया, कोलम्बर लगायतका दुई दर्जन बढी सहरमा रिलिज हुने बताइएको छ । विशाल भण्डारीको निर्देशनमा तयार भएको चलचित्र अमेरिकासँगै जापानमा पनि मे २७ तारिखमा प्रदर्शन हुने बताइएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरले निकै चर्चा पाइरहेको छ भने यसै चलचित्रमा समावेश भएको ‘सी व डव्लु काउ’ गीत पनि हिट भइसकेको छ । चलचित्रमा केकीको अलावा प्रियंका कार्की, ऋचा शर्मा, बद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा र बाल कलाकार कशाग्र भट्टराईको मुख्य भूमिका रहेको छ ।
















