अनमोलको “क्याप्टेन” का लागि दोस्रो नायिका प्रियंका

प्रतिक्षित मानिएको चलचित्र ‘कृ’ ले अपेक्षित सफलता हासिल गर्न सकेन । यसले मेघास्टार भनिँदै आएका अनमोल केसीलाई ठुलै धक्का लाग्यो । त्यसैले पनि अनमोल यतिबेला आफनो पाँचौँ चलचित्र ‘क्याप्टेन’ को लागि झनै ठुलो कसरतमा छन् । अनमोलको चलचित्र भनिएपछि नायिकाको बारेमा ठुलै चर्चा परिचर्चा हुने गर्छ ।


प्राय नयाँ नायिकाहरुसंग नै काम गर्न खोज्ने अनमोलले क्याप्टेनमा दुई नायिकासंग रोमान्स गर्देछन् । जसमध्य उपासना सिंह ठकुरी पहिले नै पक्का भईसकेकी थिईन् । यतिबेला अर्काे नायिका पनि फाईनल भएकीछिन् । उनी हुन् प्रियंका एमवी चेरी ।

प्रियंका पनि यही चलचित्रबाट डेब्यु गर्देछिन् । यसरी हेर्दा अनमोलले नायिका फेर्ने आफनो टे«डलाई ‘क्याप्टेन’ मा पनि फलो गरेका छन् । फुटबल खेलमाथि बन्न लागिरहेको ‘क्याप्टेन’लाई भुवन केसीले निर्माण गर्न लागेका हुन् । जुन चलचित्रलाई ‘एश्वर्य’ फेम निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्देछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार