
पोर्चुगलको राजधानी लिस्बोनमा पुन अर्को दुखद् घटना घटेको छ।
काममा जाने क्रममा बेहोस भइ ढलेका एक नेपालीको अस्पतालमा लैजादै गर्दा मृत्यु भएको छ । अन्दाजि २८ वर्षिय सुजत कार्कि अचेत अवस्थामा बाटोमा लडेको प्रहरीले फेला पारेको थियो ।
मे १ तारिख मंगलबार विहानकाे समयमा पोखरा घरभई हाल लिस्बोन बस्दै आएका कार्किलाइ अचेत अवस्थामा प्रहरीले फेला पारी उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
कार्कि करिव ३ वर्षदेखि पोर्चुगलमा रहदै आएको पारिवारिक श्रोतले जनाएका छन् र परिवारकाे सल्लाह बमोजिम हिन्दु परम्परा अनुसार उनको दाहसस्कार पोर्चुगलमै गरिने भएको छ ।
बेल्जियममा रहदै आएका मृतकका काका तथा अाफन्तहरूको उपस्थितिसँगै पाेर्चुगलका लागि बाणिज्यदुतावास, लगायत विभिन्न संघ सस्थाहरूकाे सहभागितामा कार्किलाइ अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम भाेलि बुधबार दिउसाे ३ बजे देखि ३:३० सम्म Instituto medicina legal lisboa काे अगाडिकाे फुनुराइरा कापोस लिस्वोनमा हुने भएको छ भने अन्तिम दाहासस्कार कार्यक्रम Cemitério do Alto de São João मा बुधबार दिउसाे ५:३० बजे हुने कुरा गैर अावािसय नेपाली संघ पाेर्चुगलले जनायको छ ।
















