पोर्तुगलमा मे १ तारिखका दिन निधन भएका सुजत कार्कीलाई आज अन्तिम श्रद्दान्जली सहित दाहसंस्कार भएको थियो।
लिस्बोनको शान्ताअपोलोनिया बस्ने उनी घर र काम गर्ने ठाउँको बीचमा ढलेको अवस्थामा भेटिएका थिए । कसैले फोन गरेर जानकारी गराइदिएपछि पुलिसले उनलाई अस्पताल लगेको थियो । तर अस्पताल लैजादै गर्दा उनको बाटैमा मृत्यु भैसकेको कुरा प्रहरीलाई उद्ध्रित गर्दै उनका परिवार स्रोतले बताएको छ । कार्की अल्फामाको एक रेष्टुरेन्टमा काम गर्थे । २८ बर्षको कलिलो उमेरमै उनले यो धर्तीलाई छोडेर गैसकेका छन् ।
पोर्तुगलमा उनि ३ वर्ष देखि बस्दै आइरहेका कार्की अबिबाहित थिए । परिवारका सदस्यको सल्लाह बमोजिम हिन्दु परम्परा अनुसार मृतकको दाह संस्कार लिस्बनमै भएकोछ।
मृतकका आफन्तहरु राजेन्द्र कार्कि, प्रेम कार्कि, सिताराम कार्कि, जेतिन्द्र कार्कि, मिन थापा ,कुलवहादुर कार्किकाे उपस्थितिसँगै पाेर्चुगलका लागि बाणिज्यदुतावास, लगाायत विभिन्न संघ सस्थाहरूकाे सहभागितामा कार्किलाइ अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।
(भिडियोश्रोत लेन्सआर्ट)
















