“चिरञ्जीवी” हरु किन रोज्छन ” चिरनिन्द्रा “को यात्रा ?

– मनोज भट्टराई, लिस्बोन।

पाेर्तुगलमा एउटा “चिरञ्जीवी ” अब चिरञ्जीवी रहेनन्, उनि चिरनिन्द्रामा लिन भए। चिरञ्जीवीले किन चिरनिन्द्रा रोजे, यसकाे उत्तर उनि अाफुसंगै लिएर गए।

कयौं सपना , इच्छा , अाकाङ्क्षा बिट मारेर गए। उनकाे याे निर्णय सानाे सनक या अाबेसमा अाएकाे निर्णय पक्कै हाेइन। उनी स्वयं त दोषी छन नै , उनका वरपरका अाफन्त साथीभाई अनि याे समाज पनि उनको चिरनिन्द्रामा उत्तिकै दोषी छ।

– मनोज भट्टराई

हाम्रो अस्वभाविक चाहाना ,रहर दोषी छ। विदेश गएको, त्यसमाथि युरोप भन्ने बित्तिकै हाम्रो जीवनशैली महत्वाकांक्षी चाहाना, अनि ति चाहनाहरु पूरा गर्न नसक्नुकाे पिडाबाेध, त्यसमाथि घरपरिवारकाे जिम्मेवारी, आशा, विदेश आउदा लागेको ऋण अनि कर्तव्य अनि सपनाका चाङहरु।

आत्महत्या गर्नेलाई मानिसहरु कायरको संज्ञा दिन्छन सबैले । मान्छे कायर तब मात्र बन्छ, जब उसलाई संसारसंग या डर लाग्छ या संसारिक मोह भंग हुन्छ । कुनैपनि ब्यक्तिलाई संसार सुन्दर छ भनेर अनुभूति गराउने जिम्मा घरपरिवार, आफन्त र नजिकका साथीभाईको हो । आत्महत्या गर्ने मध्ये थोरैले मात्र सनकको आधारमा गर्छन, अधिकांशले एक्लिएर वा विरक्तिएर गर्छन । त्यसैले झटपट कुनै मृत आत्मालाई कायर भन्नु उचित हुदैन । के थाहा हाम्रो सानो साथ र सद्भाव नपुगेर आफू छेउकै मान्छेले आत्महत्याको बारेमा सोंचिरहेको पनि हुनसक्छ। यसर्थ, जस्तोसुकै पिडा किन नहोस् , समस्या बाँडौं, भलाकुसारी गरौं, समाधान खोजौ । आत्महत्या समस्याको समाधान हैन, ज़िन्दगीलाई माया गरौं ।

चिरञ्जीवी एक प्रतिनिधी पात्र मात्र हुन्, पाेर्तुगलमा सयौ अनि हजारौ “चिरञ्जीवी “हरु निस्सासिएर बाचेका छन् , थलिएर जीवन साचेका छन्। आफ्नो अनि परिवारको असिमित चाहना! काम, रेसिडेन्सि कार्ड, कमाइ, सपना, कल्पना, अनि एउटा फगत कागजकाे टुक्राे ! बस् , यत्ति काफि छ पाेर्तुगलमा सङघर्ष गर्नेहरु लाई ” मुक्ति” काे बाटो राेज्न।

पाेर्तुगल अाउने हर कोही यहाँको स्थितिबारे मानसिक रुपमा तयार भएको हुदैन। तर यहाँ अाइसकेपछिका मुस्किल र अफ्ट्यारो सजिलोसँग स्विकार गर्न सक्दैनन् अनि “सजिलाे” बाटाे राेज्न पुग्छन् , सायद त्यसैले होला हरेस खानेहरुमध्ये धेरैले कुलतको बाटो र थोरैले ” जीवन मुक्ति” को सजिलो बाटो रोजेको। विशेषगरी पाेर्तुगलमा सङघर्ष गरिरहेका कयौं “चिरञ्जीवी “हरुका परिवार, अाफन्त र साथिभाइहरुले यहाँको स्थितिबारे धेरथोर मात्रै बुझिदिने हाे र महत्वकाङक्षि चाहना नराखिदिने हाे भने यस्ता घटनाहरु स्वत निरुत्साहित हुनेछन।

यहाँ रहेका नेपालीले अाफ्ना सङघर्षका दिन नभुलेर नया अाउनेलाइ सहि दिशानिर्देश गर्ने हाे भने ठुलाे सहयाेग पुग्नेछ। काम लगाए पछि
न्युनतम मापदण्डअनुसार काम पैसा बिदा र सुविधा दिने हाे भने काेहि पनि यति हताेत्साहित हुदैनन्। पाेर्तुगलमा “चिरञ्जीवी “हरु चिरञ्जीवी रहन नसक्नुमा उ, म , तपाईं , हामी अनि हाम्रो पाखण्डी समाज बराबर दोषी छ।

श्रद्धा सुमन” चिरञ्जीवी “, अलबिदा तिमीलाई। फेरीफेरी कुनै पनि ” चिरञ्जीवी”ले ” चिरनिन्द्रा ” मा गएको सुन्नु र हेर्न नपरोस्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार