प्रशिक्षणको पहिलो सेसनमा क्रिस्टियानो रोनाल्डो


स्कोस्थित क्रातोभोमा अभ्यासरत रोनाल्डोसहित पोर्चुगल टोली । तस्बिर : रोयटर्स

मस्को — क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियन पोर्चुगलले मस्कोको दक्षिण क्षेत्र क्रातोभोमा गरेको विश्वकप प्रशिक्षणको पहिलो सेसनमा क्रिस्टियानो रोनाल्डो सहभागी भएका छन् ।

बलियो टिम स्पेनको सामना गर्नुभन्दा पाँच दिनअघि पोर्चुगलले प्रशिक्षण थालेको हो । फर्नान्डो सान्तोसले सम्हालेको टिमका सबै २३ खेलाडीले पूरा ९० मिनेट प्रशिक्षण गरेका थिए । १० डिग्री सेल्सियस तापक्रममा हल्का प्रशिक्षण गरिएको थियो ।

रोनाल्डोको उपस्थितिमा एक सय बढी समर्थक र मिडिया ‘टचलाइन’मा आएका थिए । युरोपेली च्याम्पियनले विन्टर ओलम्पिक २०१४ को आयोजक सहर सोचीमा शुक्रबार स्पेनविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । त्यसको विजेता टिम मोरक्को र इरान पनि रहेको समूहमा पहिलो हुने प्रतिस्पर्धामा अगाडि हुनेछ । सबै समूहका शीर्ष दुई टिम अन्तिम १६ को लागि छनोट हुनेछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार