यी हुन् विश्पकप खेल्ने सबैभन्दा धनी र गरिब राष्ट्र


मस्को । सन २०१८ विश्वकप रसियामा आज (बिहीबार)बाट सुरु हुँदै छ । खेलमा ३२ वटा राष्ट्रहरूले आठवटा समूहहरुमा रहेर विश्वकप खेल्नेछन् ।

पहिलो धनी – स्विट्जरल्यान्ड

विश्वकपमा सहभागी देशमध्ये सबैभन्दा धनी राष्ट्र स्विट्जरल्यान्ड हो । जसको वार्षिक प्रतिव्यक्ति आय ८० हजार अमेरिकी डलर रहेको छ ।

दोस्रो धनि – आइसल्यान्ड

आइसल्यान्ड स्विट्जरल्यान्डपछिको दोस्रो धनिमा पर्दछ। यहाँको वार्षिक प्रतिव्यक्ति आय ७० हजार तीन सय ३२ अमेरिकी डलर रहेको छ । यो जनसंख्याको हिसाबले भने सबैभन्दा सानो मुलुक हो ।

तेस्रो धनी- डेनमार्क

विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये तेस्रो धनी मुलुक हो, डेनमार्क । डेनमार्कका जनताको वार्षिक प्रतिव्यक्ति आय ५६ हजार चार सय ४४ लडर रहेको छ ।

सबैभन्दा गरिब मुलुक – सेनेगल

विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये सबैभन्दा गरिब मुलुक सेनेगल रहेको छ । जसको ताको प्रतिव्यक्ति आय एक हजार ३८ मात्रै छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार