विश्वकप २०१८ : डेनर्माक १-० गोले विजयी


काठमाडौं । रुसमा जारी ‘विश्वकप २०१८’विश्वकपमा शनिबारको तीनै वटा खेल सकिएको छ । ‘विश्वकप २०१८’को आजको तेस्रो खेलमा डेनर्माक विजयी भएको छ । शनिबारको भएको अन्तिम खेलमा पेरुलाई १० गाले अन्तरले हराउदै डेनर्माक विजयी भएको हो ।

पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको थियो । दोस्रो हाफमा डेनमार्कले गाले गर्दा विजयी भयो ।

आज भएको पहिलो खेलमा फ्रन्सले अस्ट्रेलियालाई २- १ गोलले अष्ट्रेलियालाई हराएको थियो । खेलको ५७ नौँ मिनेटमा फ्रान्सले पेनाल्टीमार्फत पहिलो गोल गरेको थियो ।

त्यस्तै ६५ औँ मिनेटको ताजा अवस्थामा फ्रान्स र अष्ट्रेलिया दुवैले पेनाल्टीर्फात गोल गर्दै खेल बराबरीमा खेलेका थिए । खेलको अन्त्यमा आएर फ्रान्सले पुनः अर्को एक गोल गर्न सफल भएको थियो ।

आजै भएको दोस्रो खेलमा अर्जेन्टिना र आइसल्याण्ड बराबरी ११ गोल गरेका थिए । ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि अर्जेन्टिना र आइसल्याण्डले बराबरी अङ्क बाडे । अर्जेन्टीनाका खेलाडी सर्जियो अग्युरोले खेलको १९ औँ मिनेटमा पहिलो गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए भने आइसल्याण्डका खेलाडी फिन्बोसानले खेलको २३ औं मिनेटमा १ गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियोे ।

अर्जेन्टिनाले ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि आइसल्याण्डले अर्जेन्टिनालाई बराबरी एक-एक गोलमा रोकेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार