सबैको नजर इंग्ल्याण्डतर्फ,ट्युनिसियाले रोक्न सक्ला त ?


काठमाडौं । रसियामा जारी फिफा विश्वकपको पहिलो चरणमा साविक विजेता जर्मनी, अर्जेन्टिना, ब्राजिललगायत ठूला टोलीको प्रदर्शन निराशाजनक देखिएको छ । प्रतियोगिताका सम्भावित विजेताको प्रदर्शनलाई फुटबल पण्डितहरुले फितलो भएको व्याख्या गर्दै आए पनि नयाँ जोस र आतमविश्वाससहित मैदानमा उत्रन लागेको इंग्ल्याण्डतिर सबैको नजर पुगेको छ ।

सन् १९६६ पछि पहिलो विश्वकप उपाधि जित्ने लक्ष्यसहित रसिया आएको इंग्ल्याण्ड चालू प्रतियोगिताको पहिलो खेल सोमबार ट्युनिसिया विरुद्ध खेल्दैछ । प्रतियोगिताकै तेस्रो युवा टोली इंग्ल्याण्ड अनुभव कम भए पनि प्रशिक्षक साउदगेटले तयार पारेको पहिचान कायम राख्ने दाउमा रहेको छ ।

इंग्ल्याण्ड ३–५–२ को साउदगेटको पारम्परिक रणनीतिमा उत्रिने छैन । ५ जनाको रक्षापंक्ति र ह्यारी केन सहितको आक्रामक फरवार्डको पेस र स्किलमा स्कोर गर्ने कोसिस गर्ने सार्वजनिक रुपमै बताइसकेका छन् । यस्तो अवस्थामा टिमले प्रदर्शन बिगार्ला वा अझ सुदृढ भएर मैदान प्रवेश गर्ला, यो सबैलाई प्रतिक्षित विषय नै हो ।

अझ स्टार खेलाडीले भरिए पनि राष्ट्रको नाममा फितलो प्रदर्शन गर्ने पछिल्ला राष्ट्रिय टोलीले फुटबल जगतमा खस्काएको इज्जत पुनः राख्नु युवा टोलीको सबैभन्दा ठूलो लक्ष्य हुनेछ । कप्तान ह्यारी केनसहित सबैको एकै स्वर छ, “हामी आक्रामक फुटबल खेल्नेछौं ।”

हुनत विश्वकपमा इंग्ल्याण्डलाई सधैं अभागी टोलीको रुपमा हेरिने गर्दछ । सन् २०१० को विश्वकपको अन्तिम १६ मा जर्मनीसँग ४–१ ले पराजय हुनु इंग्लाण्ड फ्यानको लागि सबैभन्दा बिर्सनलायक घटना हो । उक्त समय फ्र्यांक लाम्पार्डले डी–बक्स बाहिरबाट प्रहार गरेको लग रेन्जको सट गोललाइन भित्रबाट फर्किए पनि रेफ्रिले त्यसलाई मान्यता दिएका थिएनन् । उक्त समय २–१ ले पछि रहेको इंग्ल्याण्डले बराबर गर्न अवसर पाउँदा विश्वकप यात्रामा पूर्णबिराम लाग्यो । त्यसयताको विश्वकपमा इंग्लिस टोलीको प्रदर्शन चित्तबुझ्दो छैन । २०१४ को विश्वकपमा पनि समूह चरणमा जम्मा १ अंक जोड्दै घर फर्किएको थियो ।

सन् २०१० जुन २३ मा स्लोभेनियामाथि २–१ को जित हात पारेयता विश्वकपका ४ खेलमा इङ्ल्यान्डले जित निकाल्न सकेको छैन । यस क्रममा आठ वर्ष बितिसकेको छ । त्यसयता इंग्ल्याण्ड युरोकपमा आइसल्याण्डसँग २–१ ले पराजित भएको थियो ।

८ वर्षपछि जितको खोजीमा इंग्ल्याण्ड सोमबार समूह ‘एफ’ मा ट्युनिसिया विरुद्ध उत्रँदैछ । तर, साउथगेटको इङ्ल्यान्डले विश्वकप अभ्यास खेलमा उत्कृष्ट नतिजा हात पार्दै आफू लयमा रहेको प्रस्ट्याइसकेको छ ।

प्रशिक्षक साउथगेटले पनि इङ्ल्यान्डलाई फेरि बलियो बनाइसकेका छन् । र, सबैको प्रशंशा बटुल्न भ्याइसकेका छन् । त्यसैले, अहिले इंग्ल्यान्डको अवस्था ८ वर्षअघिको जस्तो छैन किनकि इंग्ल्यान्डमा प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको साथ रहनेछ ।

यसमाथि मुख्य प्रशिक्षक साउथगेटको टिममाथि ठूलो भरोसा छ । उनले भनेका छन्, “बितेका कुराबाट सन्देश र अनुभव लिने हो । पछिल्लो विश्वकपको प्रदर्शनको जिम्मा अहिलेको युवा टोलीले कदापी लिने छैनन् । तर, भविष्य अगाडि छ । क्षमता अनुसार उत्कृष्ट खेल्न यो टोली पछि पर्ने छैन ।”
उनको दावी छ, “हामी अरुभन्दा फरक छौं, र फरक भएर देखाउने छौं ।”

साउथगेटको टोलीमा अहिले इङ्लिस प्रिमियर लिगकै चर्चित अनुहारहरु ह्यारी केन, मार्कस रासफोर्ड, डेले अली, जेसी लिंगार्ड, जेमी भार्डे, रहिम स्टर्लिङजस्ता उत्कृष्ट खेलाडी छन् । रासफर्ड पनि फिट भइ मैदान फर्किसकेको अवस्थामा साउदगेटसँग थुप्र विकल्प छन् ।

यी दुई टोली अहिलेसम्म २ पटक भिडेका छन् । त्यसमा सन् १९९० मा खेल १–१ को बराबरी भएको थियो भने सन् १९९८ को फ्रान्स विश्वकपको समूह चरणमा इंग्ल्याण्डले २–१ को नतिजा आत्मसात् गरेको थियो ।

उता ट्युनिसिया पनि कम भने छैन । ट्युनिसिया सन् १९९८ यता २ वटा विश्वकपमा खेलिसकेको छ । तर, मेक्सिकोमाथि ३–१ को नतिजा ल्याएपनि ऊ अझै दोस्रो जितको खोजीमा छ । विश्वकपअघिको अभ्यास खेलमा पनि ट्युनिसियाले आफ्नो डिफेन्स उत्कृष्ट रहेको प्रमाणित गरिसकेको छ । इंग्ल्याण्डको फर्वार्डलाई रक्षापंक्ति नै सबैभन्दा ठूलो चुनौती हो ।-बाह्रखरीबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार