लण्डनमा रेलले किचेर तीन जनाको मृत्यु

लन्डन । लण्डनको दक्षिणी क्षेत्र लागबरोमा एक रेलको ठक्करबाट कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती यातायात प्रहरीले सोमबार जनाएको छ ।

उक्त स्थानमा मृत शरीर भेटिएपछि स्थानीयद्वारा यातायात प्रहरीहरूलाई बोलाइएको थियो ।

मेरो समूहले अहिले रेलको ठक्करले मृत्यु भएका भनिएका मानिसको मृत्युबारे अनुसन्धान गरिरहेको छ, छिट्टै यसबारे सत्यतथ्य बाहिर ल्याइने छ, यातायात प्रहरीका अनुसन्धान अधिकारी ग्रे रिचार्डसनले भन्नुभयो ।

अधिकारीहरू अहिले मृतकको पहिचान र घटनाबारे जानकारी लिन घटनास्थलमा पुगिसकेका छन् ।

दुर्घटनाबारे छानवीन जारी रहेकाले शहरी क्षेत्रबाट बाहिरिने र शहरमा भित्रिने रेल सेवा केही समय अवरुद्ध हुनेछ । छानविन सकिने वित्तिकै सेवा सुचारु हुने यातायात प्रहरीले जनाएको छ। प्रारम्भिक अध्ययनले ति सबै मृतकहरु २०-२२ बर्ष उमेर समुहका र रेलको लिकमा रहेर ग्र्याफ़िटि गरिरहेको बेलमा सो दुर्घटना भएको बुझिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार