स्पेनसँग इरान पराजित, स्पेनको नकआउट चरणमा पुग्ने सम्भावना बलियो


काठमाडौं । काजान स्पेनले दोस्रो खेलमा पहिलो जित दर्ता गरेको छ । समूह बीअन्तर्गत आज इरानलाई १–० को झिनो अन्तरले हराउँदै स्पेन विजयी बनेको हो ।

स्पेनले पोर्चुगलसँग अंकमा बराबरी बनाएपछि विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि पोर्चुगलले मोरोक्कोलाई १–० ले हराएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा डिएगो कोस्टाले गोल गरेपछि स्पेनले जारी विश्व कपमा पहिलो जित दर्ता गरेको हो । उनले ५४ औं मिनेटमा गोल गरेका थिए । उनले पोर्चुगलसँग ३–३ मा टुंगिएको खेलमा पनि दुई गोल गरेका छन् ।

इरानले बराबरी गोल गरेपनि त्यसले मान्यता पाएन । फ्रिकिकमा आएको बललाई सहिद इजातोलाहीले हेड गर्दै बललाई गोलमा परिणत गरेपनि रेफ्रीले भिएआरको सहायतापछि त्यसलाई गोल दिएनन् । इजातोलाहीले हेड गर्नुअघि सरदारले अजमोउनले बल ह्यान्ड गरेका थिए भने सहायक रेफ्रीले अफसाइडका लागि झण्डा उठाएको भिएआरमा देखिएको थियो ।

मोरोक्को प्रतियोगिताबाट बाहिरिएको छ । अब बाँकी तीन टोली पोर्चुगल, स्पेन र मोरोक्को मध्ये दुई टोली समूह बीबाट नकआउट चरणमा पुग्नेछन् । स्पेन र पोर्चुगलको समान ४ अंक र इरानको ३ अंक छ । अब समूहमा स्पेनले मोरोक्को र पोर्चुगलले इरानको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार