आइसल्याण्ड विरुद्ध नाईजेरियाको शान्दार जित, मुसाको उत्कृष्ट प्रहार

काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको समूह डि को दोस्रो चरणको खेलमा आइसल्याण्ड विरुद्ध नाइजेरियाले जित हाँसिल गरेको छ । निर्धारित समयको खेलमा नाइजेरियाले आइसल्यान्डलाई २–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । नाइजेरियाका लागि दुबै गोल मुसाले गरेका हुन् । उनले खेलको ४९ र ७५ मिनेटमा गोल गरेका हुन् । भोल्गोग्राड एरेनामा नेपाली समयअनुसार बेलुकी ८ः ४५ बजेबाट भएको थियो ।


सर्वीया भर्सेस स्वीजरल्याण्ड

समुह चरणको पहिलो खेलमा नै स्पष्ट्र जित निकाल्दै तीन अंक बनाएको सर्वीया अंक तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा कोस्टारिकालाई एक शुन्यले हराएको सर्र्वीयाले स्वीजरल्याण्डलाई हराए नक आउटको यात्रा पक्का हुनेछ ।


तर ब्राजिलाई एक गोलको बराबरीमा रोकेको स्वीजरल्याण्डलाई पनि कमजोर आक्न सकिन्न । विश्वकपको यात्रालाई निरन्तरता दिन पनि स्वीजरल्याण्ड आजको खेलमा दवादमा हुनेछ । आजको खेल नै सर्वीया र स्वीजरल्याण्ड विचको पहिलो हेड टु हेड ईनकाउन्टर हुनेछ । यी दुईको खेल नेपाली समय अनुसार पौने १२ बजे कालिनिनग्राड एरेनामा हुँदैछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार