रणवीर-दीपिकाले कहाँ गर्दैछन् बिहे ? इटली कि बैंगलोर ?


बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेलार्इ लिएर धेरै नै चर्चा परिचर्चा हुँदै अाएकाे छ ।

भारतीय मिडियाहरूमा कहिले बिहेकाे मिति निश्चित भइसकेकाे खबर अाए त कहिले दीपिकाले अाफ्नाे पुरानाे सम्बन्धलाइ भुल्न नसकेकाे र अझैपनि रणवीर कपुरकाे अाशमा बिहेकाे मिति सारिरहेकाे भन्ने खबर अाइरहे तर अब भने विवाहको विषयमा भरपर्दो समाचार बाहिरिएको छ ।

फिल्मफेयरमा प्रकाशित समाचार अनुसार उनीहरुले १० नोभेम्बरमा बिहे गर्ने खबर अाएकाे छ । बिहे इटलीमा हुने की बैंगलोरमा हुने निश्चित भने भइसकेकाे छैन् । बैंगलोरमा दीपिकाको पुख्र्यौली घर छ । इटलीमा बिहे भएको खन्डमा पछि भारतमा रिसेप्सन आयोजना गरिने जनाएकाे छ ।

दुवै परिवारको सहमतिमा १० नोभेम्बरको मिति तय गरिएको र परिवारका केहि सदस्यहरुले सपिङ पनि सुरु गरिसकेका छन् भने केही दिनअघि दीपिका आफैं सपिङ गरिरहेको अवस्थामा भेटिएकी खबरसमेत अाएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार