
एस के गुरुङ |
पिपल मोर्टगेज कम्पनीले यसै जून महिना बाट एण्डोबर ह्याम्प्शारमा पनि आफ्नो शाखा बिस्तार गरेको छ। बिगत दुइ वर्षा बाट फार्नबोरो ह्याम्प्शारमा प्रमुख कार्यलय रहेको यस कम्पनिले ग्राहक हरुको ध्यानलाई राखेर गत बर्ष पनि आशफोर्ड केन्टमा आफ्नो शाखा स्थापना गरिसकेको थियो। जसले गर्दा केन्ट वरिपरि बस्ने नेपालीहरुलाई घर खरिद गर्दा आफ्नै भाषामा अवस्यक सहयोग तथा सेवा हरु दिदै आइरहेको छ।
ग्राहक हरुको बढ्दो चाप र ग्राहक हरुलाई सजिलो होस् भने हेतुले स्थापना गरिएको एण्डोबर ह्याम्प्शार शाखाले पनि ग्राहक हरुलाई सेवा र सुबिधा दिदै आएको छ आगामी दिन हरुमा ग्राहक हरुको माग अनुसार बेलायत को विभिन्न शहरमा हरुमा आफ्नो शाखा कार्यालय स्थापना गर्ने योजना राखिएको छ। यस कम्पनीले बेलायतमा भएका संघ संस्था हरुलाई विभिन्न तवरले सहयोग पनि गर्दै आई रहेको छ भने आफ्नो दुई बर्षे वार्षिकोत्सवको अवसरमा गोर्खा वेलफेर ट्रस्टलाई २३६० पाउण्ड सहयोग गरेको थियो।

यस कम्पनिले अब छिट्टै नै बजारमा Business Loan, Secured Loans, Commercial Mortgage, Bridging Finance, Development Finance, Private Investors को सेवा सुबिधा दिने तय गरिसकेको छ। कम्पनीको डाइरेक्टर सुर्य प्रकाश गुरुङ भन्नु हुन्छ सल्लाह सुझाबले धेरै नै फरक पार्छ, त्येसैले सबै जनालाई घर किन्नु अगाडी केहि सल्लाह सुझाब लिन अनुरोध गर्नु भएको छ।
















