नर्वेको ओस्लोमा ” एभरेष्ट एनआरएन युरोप कप – २०१८ – ” सम्पन्न – nEpzum MBZ बेलायत बिजयी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेको आयोजनामा ओस्लोको Vallhall को हलमा जुन २३ को दिन एभेरेस्ट कप फुटबल प्रतियोगिता २०१८ सम्पन्न भएको छ।

प्रतियोगितामा सहभागी १२ टिम मध्ये “nEpzum MBZ ” बिजेता भएको छ। नर्वे लगाएत युरोपका अन्य ५ राष्ट्रहरु गरि १२ टिमका बीच भएको मैत्रीपूर्ण खेल नेपाली राष्ट्रिय गीतको धुनबाट सुरु गरिएको थियो।

NRNA नर्वेका महासचिब श्री राजु अर्याल बाट संचालित सो प्रतियोगितामा अध्यक्ष सन्जिब कुमार थापाले मन्तब्य दिदै उपस्थित सबै दर्शकहरुलाई स्वागत गर्नु भएको थियो ! करिब २५० दर्शकहरुको उपस्थित रहेको सो कार्यक्रमको संयोजन नीलकण्ठ अर्यालले गरेका थिए।

लिग नक आऊट प्रक्रियावाट सन्चालन गरिएको ऊक्त प्रतियोगितामा सवै खेलहरु एकैदिन सन्चालन गरिएका थिए । २ वटा खेलमैदानमा एकैसाथ खेलहरु समानन्तर चलाईएका थिए । फाईनलमा NRNA डेनमार्कको टीम युके को टीम nEpzum MBZ सँग ३-० ले पराजित भएको थियो । बिजेता टोलीले प्रमाण पत्र, शिल्ड सहित नगद नर्वेजियन क्रोनर १८००० प्राप्त गर्यो भने ऊप विजेता टिमले पदक , प्रमाण पत्र र नगर नर्वेजियन क्रोनर ९००० प्राप्त गर्यो ।

प्रतियोगितामा अनुसासित टिम (Disciplined team ) Vikings Yeti , स्वीडेनले हात पर्न सफल भयो !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार