भर्खरै सुरु भएको विश्वकप फुटबलमा रसियामा जारी नाइजेरिया विरूद्धखो खेलमा अर्जेन्टिनाका लागि लियोनल मेस्सीले गोल गरेका छन्।

मेस्सीको गोलसँगै खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ। समूहचरणको अन्तिम खेल खेलिरहेको अर्जेन्टिनाका लागि मेस्सीको जारी विश?वकपमा पहिलो गोल हो।

अनले खेलको १४ औं मिनेटमा गोल गर्दै जारी विश्वकपमा रहेको आफ्नो गोलको खडेरीको अन्त्य गरेका हुन्। अर्जेन्टिनाले यसअघिका विश्वकपमा एउटा पनि खेल नजितेको भनेको ८४ वर्षअघि हो । सन् १९८४ को विश्वकपमा सबै खेल नकआउटका आधारमा हुन्थे । त्यो बेला अर्जेन्टिना पराजित भएको थियो ।

त्यसयताका विश्वकप सहभागितामा उसले एउटा पनि खेल नजितेको भनेको छैन । तर यसपटक नाइजेरियालाई हराउन नसकेमा फरक नियमसहितको विश्वकपमा अर्जेन्टिना पहिलो पटक जित बिहीन हुनेछ । सन् १९३४ को पहिलो चरणमा अर्जेन्टिना स्वीडेनसँग ३–२ ले हारेको थियो ।

अर्जेन्टिनाले विश्वकपको समूह चरणमा अहिलेसम्म कम्तिमा एक खेल नजितेको भनेको छैन । अर्जेन्टिना विश्वकपका पछिल्ला चार खेलमा जित बिहीन छ, दुई खेलमा बराबरी र दुई खेलमा हार ।
उसले पछिल्लो पटक हराएको भनेको सन् २०१४ को विश्वकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई हो, त्यो पनि पेनाल्टीमा
अर्जेन्टिनाले पछिल्लो पटक विश्वकपमा लगातार खेल हारेको भनेको सन् १९९४ मा हो । त्यो बेला बुल्गेरिया र रोमानियासँग हारेको थियो । त्यसयता समूह चरणमा लगातार हारेको छैन ।
















