साविक विजेता जर्मनी विश्कपबाट बाहिरियो, दक्षिण कोरियासँग २–० ले पराजित

रूस – २०१४ को विश्व च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८ को समूह चरणबाटै बाहिरिएको छ।


प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न समूह चरण चरणको तेस्रो तथा अन्तिम खेलमा एसियन राष्ट्र दक्षिण कोरियासँग २–० ले पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरिएको हो। दक्षिण कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको थियो। कोरियको जितमा किम योङ गिवन र सन ह्युङ मिनले एक एक गोल गरे।

खेलअवधिभर जर्मनीले पाएका धेरै अवसरलाई सदुपयोग गर्न सकेन्। पहिलो खेलमा मेक्सिकोसँग १–० ले स्तब्ध भएको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई २–१ ले पराजित गर्दै अघिल्लो चरण प्रवेश सम्भावना ब्युँताएको थियो। जर्मनीलाई अन्तिम १६ प्रवेश गर्न दक्षिण कोरियासँगको खेलमा जित एक मात्र विकल्प थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार