अर्जेन्टिनाविरुद्ध फ्रान्सको ४ – २ गोल बहुतै रोमान्टिक खेल


काठमाडौं । रुसमा जारी विश्वकप आजबाट प्रिक्वाटरफाइनलका खेल सुरु भएको छ । अर्जेन्टिनाविरुद्ध फ्रान्सको ४ – २ गोल बहुतै रोमान्टिक खेल
अग्रता भएको छ । फ्रान्सको एंटोनी ग्रिज़मानले १३ औँ मिनेटमा पेनाल्टीबाट एक गोल गरेको हो ।

नकआउट चरण समेत भनिने अन्तिम १६ का खेलहरु रोचक मात्र छैनन्, महारथीहरुबीचको भिडन्तले उनीहरुको भविष्य निर्धारण समेत गर्ने छ ।

अन्तिम १६ को पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच भएको छ । अन्तिम आठको दौडमा ब्राजिल र मेक्सिको आमने सामने भएका छन् । काजान एसियामा नेपाली समय अनुसार पौने ८ बजे सुरु भएको खेलको प्रतिक्षा जोडका साथ रहेको छ । उपाधिको दावेदार मानिएका फ्रान्स र अर्जेन्टिना आमने सामने हुँदै गर्दा दुबै देशका फ्यानहरुको मुटु धड्किनु अस्वभाविक होइन ।

विश्व चर्चित खेलाडी लियोनल मेस्सीलाई रोक्ने तयारीमा फ्रान्स रहेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार मेस्सीको समूह चरणको अन्तिम खेलमा केही सकारात्मक प्रर्दशन कायमै रहने अर्जेन्टिनाको विश्वास देखिन्छ ।

समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकआउट चरणको यात्रा तय गर्न सफल अर्जेन्टिनाका लागि फ्रान्ससँगको भिडन्त निकै महत्वपूर्ण हुनेछ । पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० ले पराजित भएको थियो । निकै आलोचित बन्दै गएको अर्जेन्टिनाका निम्ति शनिबार फ्रान्स विरुद्ध जित निकाल्नु सोचे अनुरुप सजिलो पक्कै छैन ।

उता फ्रान्स भने समुह चरणको ३ खेलमै अपराजित रहेपनि २ खेलमा जित र १ मा बराबरी गर्दै अघि बढेको थियो । फ्रान्स समुह सिको समुह विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो भने अर्जेन्टिना समुह डिको उपविजेता बन्दै अन्टिम १६ को यात्रा तय गरेको हो । पछिल्लो सयम यी दुईको भेट २००९ मा अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा भएको थियो, जुन खेल अर्जेन्टिनाले २–० ले जितेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार