नेपाली युवा मादलसहित रसियाको विश्वकप रंगशालामा

इलाम । विश्वकपको रौनक चलिरहेको समयमा रसियमा गएर नेपाली टोलीले रंगशालामा गएर नेपाली बाजा मादलसहित राष्ट्रिय झण्डा फहराएका छन् ।

विश्वकप फुटबलको आयोजक राष्ट्र रसियाले उपाधि दावेदार राष्ट्र स्पेनलाई पेनाल्टी सुट आउटमा हराएपछि रसियन नागरिक यतिबेला खुसी साटासाटमा व्यस्त छन् । सोही रसिया र स्पेन बिचको खेल जारी रहँदा रंगशाला भित्रै नेपाली मौलिक बाजा ‘मादल’ बजिरहेको थियो ।

नेपाली फुटबल जर्सीमा रंगशाला पुगेका एन्फा उपाध्यक्ष पंकज नेम्बाङको टोलीले नेपाली राष्ट्रिय झण्डा फहराउँदै मादल बजाइरहेका थिए । माइभ्याली फुटबल क्लब इलामका विप्लव कोइरालाले रंगशाला भित्रै मादल लगेर बजाएका थिए ।

आयोजक रसिया र स्पेनबिच भएको प्रिक्वाटर फाइनल खेलमा रंगशाला भित्रै मादल बजेको हो । नेपाली राष्ट्रिय झण्डा सहित पुगेका एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उनकी श्रीमती दिपकला लिङदेन, छोरा पातुङहाङ, इलाम माइभ्याली फुटबल क्लबका विप्लव कोइराला, एन्फा अन्तर्गत काठमाडौ क्लबका प्रतिनिधि सहितको टोलीले रंगशालामा नै गएर खेल हेरेका थिए । उनिहरुले इंग्लेन्ड र कोलम्व्याको खेल पनि हेरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार