युरोपियन युनियनको सस्थापक देश पोर्तुगलको बेजा जिल्ला ओदिमेइरा नगरपालिका अन्तर्गत अलेन्तेजो क्षेत्र स्थित ऐसेलु खेतिको कम्पनी “गोबेरी पोर्तुगलिया” (जिल्ला)मा कार्यरत कामदारहरुले आम हड्ताल गर्दा करिब ३०० जना मजदुरहरु बर्खास्त भएका छन् ।

तस्बिर – पुर्ण बिके
खाइपाइ आइरहेको तलब र बिदा सुबिधालाइ कम्पनीले भारीरुपमा कटौती गरेपछी सो कम्पनीमा काम गर्ने मजदुरहरु बिरोधमा उत्रिएका थिए । कम्पनीको निर्णयको बिरोधमा उत्रिएका मजदुरहरुले कामरोक आन्दोलनमा उत्रिएपछी सो आन्दोलनलाई सम्बोधन गर्दै सो कम्पनीका मालिकले दैनिक कामकाज ठप्प पार्ने करिब ३०० जना मजदुरलाइ बर्खास्त गरेको छ जसमा अधिकान्स आप्रवासी मजदुरहरु रहेका छन् । कम्पनीले भोलिबाट नयाँ कामदार नियुक्ती गर्ने घोषणा समेत गरेको छ ।

















