ब्राजिल भर्सेस बेल्जियम, कसले मार्ला बाजी ?


काठमाडौं । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु भएको छ । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्सबीचको खेल सकिएको छ । निज्नी नोभ्गोरोड रंगशालामा भएको यो खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । पौने १२ बजे ब्राजिल र बेल्जियमको खेल हुँदैछ ।

ब्राजिल भर्सेस बेल्जियम

आज राति नै ब्राजिल र बेल्जियम भिड्दैछन् । ब्राजिल सदावाहार उष्कृष्ट टिम हो भने बेल्जियम रसिया विश्वकपमा सनसनी मच्चाईरहेको सन्तुलित टिम हो । ब्राजिल र बेल्जियम दुवै टिम यो विश्वकपको रोजाइको टिम हो ।

ब्राजिलले क्पाटरफाईनलको यात्रा गर्ने क्रममा मेक्सिकोलाई दुई शून्यले पराजित गरेको थियो भने बेल्जियमले एसियाली राष्ट्र जापानलाई तीन दुई गोलले पराजित गरेको थियो ।

पाँच पटकको विश्वकप विजेता ब्राजिललाई बेल्जियम विरुद्ध सहज भने पक्कै हुने छैन । ब्राजिलको टिममा रोबर्टो फिर्मिनो, पाउलिन्हो, फलिप काउन्टिन्हो, ग्रावियल, एलिसन, नेयमार र विलियन जस्ता नाम चलेका खेलाडी छन् ।

कडा प्रतिस्पर्धीको रूपमा उभिएको बेल्जियमलाई पनि ब्राजिललाई हराउनु सामान्य रहेन उसका लागि । ब्राजिलको टिममा धेरै विकल्पहरू छन् । जसले ब्राजिललाई बलियो बनाएको छ ।

तर बेल्जियमका केही भरपर्दा खेलाडी नै जितका लागि पर्याप्त बनिरहेको छ । बेल्जियममा लागि जारी विश्वकपमा ४ गोल गरिसकेका रुमेलू लुकाकु, डि ब्रुने, राम्रो मुभ बनाइरहेका ईडेन हाजार्ड, नासेर चाडिल ब्राजिलका लागि संकटको पक्ष बन्न सक्नेछन् । यी दुईको खेल काजान एरेनामा हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार