
काठमाडाैं । पाँचपटकको विश्वकप विजेता ब्राजिल जारी विश्वकपमा बेल्जियमसँग ५५ वर्षपछि पराजित भएको छ । यस हारसँगै ब्राजिल क्वाटर्र फाइनलबाटै बाहिरिएकाे छ । यसरी बाहिरिनुपर्दा ब्राजिलका स्टार खेलाडी नेइमार स्तब्ध छन् । ब्राजिललार्इ सुरूमै भएकाे अात्मघाती गाेलले गर्दा अघि बढ्न कठिन भयाे ।

विश्वकप २०१८ मा चर्चा र आलोचनाको केन्द्रमा रहेका उनी ब्राजिललाई क्वाटर फाइनलमा पुर्याएर धेरैकाे अाशाकाे केन्द्र बनेका थिए । तर काे सेमीफाइनल प्रवेश गर्ने अाशा बीचमै तुहिँदा भावुक र स्तब्ध बनेका हुन् । यस हारसँगै समग्र ब्राजिलियन टिम र उसका समर्थकहरू समेत दुःखी भएका छन् ।

नेइमारकाे बल खेलाउने कला र गोल गर्ने काइदाको विश्वभर तारिफ भए पनि खेल मैदानमा विपक्षीले सामान्य छुदा पनि ठूलै चाेट लागेजसरी लड्ने र प्रतिक्रिया देखाउने बानीले भने उनकै फ्यानलार्इ समेत हैरान बनायाे ।

बेल्जियमले २-१ गोल अन्तरले ब्राजिललाई पराजित गर्दै अाफ्नाे सेमिफाइनल यात्रा तय गरेकाे छ । ब्राजिललाई पराजित गर्दै बेल्जियमले सेमिफाइनलको यात्रा तय गरेको छ ।

यसअघि ब्राजिल सन् १९६३ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमसँग पराजित भएको थियो । त्यसयता भएका भेटमा सधैँ ब्राजिलले बाजी मार्दै आएको भए पनि शुक्रबारकाे खेलमा भएकाे हार ब्राजिलका लागि अनपेक्षित थियाे ।
















