गर्भवतीको घर–घरमा झण्डा

बुटवल । गुल्मी दरबार गाउपालिकाले त्यहाँका गर्भवती महिलाहरुलाई सुरक्षीत प्रशुती सेवा उपलव्ध गराउन उनीहरुको घर घरमा झण्डा गाड्ने पृथक खालको अभियान यस जिल्लामा छेडेको छ ।

पहिला सबैले गाउँका ठुला ठालूलाई चिन्थे र चिन्नै पर्दथ्यो तर अब दुखी गरिब र विशेष गरी हरेक गर्भवती महिलालाई चिनौ र उनिहरुलाई संस्थागत रुपमा प्रशुती सेवा उपलब्ध गराऔं भन्ने उद्देश्यका साथ सो गाउँपालका कार्य समितिले यस्तो अभियान छेडेको स्वस्थ्य शाखा संयोजक नारायणप्रसाद अर्याले बताए ।

जिल्लामा गर्भवती महिलाहरुका लागि पुर्ण संस्थागत प्रसुती क्षेत्र घोषणा गर्ने गुल्मी दरबार गाउँपालिका पहिलो हो । उसले आइतबार भब्य समारोहकाबीच ‘गर्भवती झण्डा’ वितरण समेत गरेको छ । सो गाउँपालिका अन्तरगत दरबार देविस्थान स्वास्थ्य चौकीद्वारा सञ्चालित बर्थिङ सेन्टरमा पायक पर्ने वडा नम्वर ५, ६ र ७ मा रहेका गर्भवती, महिला स्वास्थ्य स्वयम सेविका, जनप्रतिनिधि, राज्नैतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मिहरुको उपस्थितिमा गर्भवती झण्डा वितरण गरिएको थियो ।

कार्यक्रममा गाउपालिका अध्यक्ष अशोककुमार थापाले यो अभियानसँगै अब देखि प्रसुती व्यथा लागि बर्थिङ सेन्टरसम्म आउनका लागि एम्बुलेन्स सेवा निशुल्क रुपमा उपलब्ध गराउने र गर्भवतीलाई ल्याब सेवामा लाग्दै आएको सेवा शुल्कलार्इ ५० प्रतिसतमा झार्ने व्यवस्था गाउपालिकाले मिलाउने बताए । उनले, बर्थिङ सेन्टरलाई आवश्यक पर्ने सबै भौतिक व्यवस्थापन गाउपालिकाले गर्ने घोषणा समेत गरे ।

उनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सो गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्यालले सहजिकरण गरेका थिए । कार्यक्रममा हरेक छिमेकीले कुन घरमा के छ गर्भवती ? उसलाई चिन्नै पर्ने र उसको स्वास्थ्य सम्बन्धी रेख–देख गर्ने पर्ने । घरको धुरीमा झण्डा गाडिएको देखेपछि एक पटक हरेकले त्यस घरकी गर्भवती महिलाको स्वास्थ्य सम्बन्धी अवस्था बुझ्नै पर्ने जस्ता महत्वपुर्ण मापदण्ड बनाई छेडिएको यो अभियान यस जिल्लाका लागि उदाहरणीय मानिएको छ ।

पहिलो पटक दलीत महिलाको अध्यक्षता

पुर्ण सस्थागत प्रशुती सम्बन्धी अभिनुखिकरण तथा गर्भवती झण्डा वितरण कार्यक्रमको अध्क्षयता पहिलो पटक त्यहाँकी दलीत महिलालाई गराईएको थियो । त्यस गाउँपालिका वडा न ७ बाट निर्वाचित दलीत महिला सदस्य लक्ष्मी सुनारलाई अध्यक्षता गराईएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार