सेमिफाइनलका चार टिम, चार विशेषता : कसको खुबी के ?

काठमाडौं । विश्वकप उपाधि यात्रामा रहेका फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसिया यहाँसम्म आइपुग्दा निकै उतारचढाव देखिएको छ ।

बेल्जियमले सबै खेल जित्यो । डेनमार्कसँग गोलरहित बराबरी खेलेको फ्रान्स औसत रुपमा उस्तै नै रहृयो । क्रोएसिया दुई पटक ट्राइब्रेकरमा भाग्यमानी बन्यो ।

इंग्ल्याण्ड समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग हारेर सजिलो बाटोको हर्षमा रहँदा कोलम्बियासँग ट्राइब्रेकरकै भर भयो ।

कहिले डिफेन्स, गोलकिपिङ, कहिले मिडफिल्ड त कहिले अट्याकिङ राम्रा लागे । यस्तोमा सबै टिमका केही विशेषता मिल्छन् नै । तर, निकै भिन्न त्यस्ता विशेषता छन् जसले सेमिफाइनलसम्म यी टिम आइपुगे ।

फ्रान्सको बहुमुखी क्षमता

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले टिममा उस्तै खाले खेलाडी राखेको र फरकपना नदेखिएको भनेर आलोचना खेपेको धेरै भएको छैन । धेरैले त फ्रान्समा फुटबलका हजारौं प्रतिभा छन् तर परख भएको छैन भनिरहेका हुन्थे ।

त्यो आलोचना यसपटक रसिया विश्वकपमा तोडिएको छ । अर्जेन्टिनासँगको खेल हेरौं या उरुग्वेसँगको फ्रान्स टिम उत्कृष्ट थियो । के त्यसो भए यसपटक खेलाडी फरक भएर हो त ? होइन, सबै उस्तै नै हुन् । तर, खेल्ने तरिका भने फरक पारिएको छ ।

विपक्षी टिम बुझेर कोविरुद्ध कसरी खेल्ने भन्ने फ्रान्स टिमले राम्ररी बुझेको छ । त्यही नै उत्कृष्ट विशेषता हो । विपक्षी अनुसार खेल खेलेर चाहेको जस्तो काम दिन सक्ने खुबी फ्रान्सको टिममा देखिएको छ ।

फ्रान्सले एउटा खेल ४-३-३ को शैलीमा र अर्को खेल ४-२-३-१ को शैलीमा पनि उस्तै राम्ररी खेल्न सक्छ । त्यसमा ओलिभर जिरउडको जिउडाल प्रयोग गर्ने कि केलियन एमबाप्पेको तीब्रता प्रयोग गर्ने भन्ने निर्णय भने डेसच्याम्प्सकै सोचमा निर्भर छ ।

यो विश्वकपका खेल्दा हेर्दा हामीले बुझ्नुपर्ने कुरा के हो भने, विश्वकपमा कुनै पनि टिम कमजोर थिएनन् र छैनन् पनि । जर्मनी र स्पेन जस्तो टिमले जितका लागि संघर्ष गरेर पराजित भएको हेर्दा नै त्यो कुरा बुझिन्छ ।

बल धेरैबेर पास खेलेर वा छलाएर पनि जित मिल्दैन । अनुभवि र चलेका खेलाडी भएर पनि जित मिल्दैन । कसरी मिल्छ त ? त्यसका लागि हरेक कुरा चाहिन्छ । खेलअनुसार ती कुरा प्रयोग गर्नुपर्छ ।

बेल्जियमको सामूहिक भावना

विश्वकपमा सहभागी हुने खेलाडीको नाम हेर्दा नै बेल्जियम टिम निकै बलियो देखिएको थियो । त्यसैले त रसिया विश्वकपमा बेल्जियमको जितमा सामूहिक बल धेरै देखिन्छ । खेलमा एकअर्कालाई गरेको सहयोग नै बेल्जियम जितको आधार बनेको छ ।

यो पटक बेल्जियम टिममा जे देखिएको छ यसभन्दा पहिले देखिएको थिएन । साथै बेल्जियम टिममा अहिले देखिएको लचकता पनि पहिले देखिएको थिएन । जापान र ब्राजिलविरुद्धको खेल हेर्दा नै बेल्जियम टिमको विशेषता थाहा लाग्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार