
मोरङ । मोरङको सुन्दरहरैचास्थित गोकुलम रिसोर्टमा छायांकन गरिएको नेपाली चलचित्र २ रुपैयामा समावेश चर्चित गित “कुटुमा कुटु ”पछि निर्माणधिन चलचित्र पुरानो बुलेटमा समावेश “दही चिउरा असार पन्ध्रमा“ गितको छायांकन पनि सोही रिसोर्टमा गरिएको छ ।
चलचित्रमा सर्बाधिक आशा गरिएको लोक लयमा आधारित सो गित ४ दिन लगाएर गोकुलम रिसोर्ट भित्रका बिभिन्न दृश्यहरु सहित छायांकन गरिएको छ । डेब्यु निर्देशक भिषण राई निर्देशनमा छायांकन भईरहेको सो चलचित्रमा नायिका बर्षा शिवाकोटी र नायक अनुपबिक्रम शाहीको अभिनय रहेको छ ।
नेपालमै महंगो मानिएको रेड क्यामेराबाट छायांकन भईरहेको सो चलचित्र मोरङ लगायत पुर्बका बिभिन्न स्थानमा छायांकन भईरहेको छ । सो गितका लागी निर्माण युनिटले निक्कै ठुलो आशा गरको कार्यकारी निर्माता सन्तोष राई बताउँछन् ।
चलचित्र छायांकनका लागी नायक नायिका सहितको टोली मोरङमा छ । एउटा गितका लागी मात्र ४ दिनदेखि निरन्तर छायांकन जारी रहेको निर्माता अशोक राईले बताएका छन । चलचित्रमा अभिनयका लागी नायिका माला लिम्बु,शिरोमणि दवाडी लगायतका कलाकारहरु तम्तयार भएर बसेका छन् ।
















