डा केसीको माग पूरा नगरे सबै स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी !

काठमाडौं । नेपाल चिकित्सक संघले इमर्जेन्सी बाहेकका सबै स्वास्थ्य सेवा बन्द गराउने चेतावनी दिएको छ ।


आमरण अनसनरत डा गोविन्द केसीको स्वास्थ्य सेवासम्बन्धी माग तत्काल सम्बोधन नगरे देशभरका स्वास्थ्य सेवा बन्द गराउने चेतावनी दिएको हो। डा केसीको माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन बाध्य हुने संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले चेतावनी दिएका छन् ।

चिकित्सक केसीको स्वास्थ्यबाहेकका अन्य मागसँग भने संघलाई कुनै सरोकार नरहेको पनि उनले स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार