पोर्तुगल सरकारको अलकान्त्रा लिस्बोनस्थित पररास्ट्र मन्त्रालय ” Ministerio dos Negocios Estrangeiros” केही दिनका लागि बन्द हुने भएको छ। मन्त्रालयको सुचना पाटीमा राखिएको सुचनामा सो कार्यालय केही दिनका लागि बन्द रहने जनाईएको छ।

मन्त्रालयको सुचनापाटीमा राखिएको जानकारी अनुसार मर्मत र सम्भारको लागि सो कार्यालय १३-१६ जुलाई र २७-३० जुलाई बन्द रहने उल्लेख गरिएको छ। पोर्तुगलमा लामो समयदेखि आवास अनुमतिपत्रको लागि ” फिंगर डेट ” कुरेर बसिरहेका आप्रवासीहरुले आफ्ना कागजपत्रहरु समयै प्रमाणित गर्नुपर्ने भएको छ, अन्यथा, अन्तिम समय कुरेर बस्नेहरुले अनेकौ झन्झट खेप्नुपर्नेछ।
















