बेलायतमा हजारौं सर्बसाधरणको बिरोध प्रदर्शन, राष्ट्रपती डोनल्ड ट्रम्प र उन्की पहिलो लेडी भ्रमणमा !

बेलायत – आज मध्य अपराहन्न आमेरिकी राष्ट्रपती डोनल्ड ट्रम्प र उन्की पहिलो लेडी मिलनैय ट्रम्प बेलायत भ्रमणका लागि आएका छन् ।
आज अपराहन्न आफ्नो निजी बिमान बाट बेलायतको स्टन्स्टेड बिमान्स्थलमा अबतरण भएका थिए।

न्याटोको सम्मेलन सकेपछी उनको भ्रमण आज बेलायतमा भएको हो। आज बेलायत आएको केहिसमयमा राष्ट्रपती ट्रम्प र उन्की श्रीमती सिधै अक्स्फोर्डको ब्लेन्हेम प्यालेसमा रात्री भोजका लागि आएका थिए। ब्लेन्हेम प्यालेस अक्स्फोर्डको वुड्स्टक भन्ने ठाउँमा अवस्थित छ। यो अहिले संग्रालयको रुपमा छ । धेरै ठुलो ईतिहास बोकेको ब्लेन्हेम प्यालेस त्यो ठाउँ हो जहाँ बेलायतको प्रधानमन्त्री विन्स्टोन चर्चिलको जन्म भएको थियो ।

जानकारी अनुसार डोनल्ड ट्रम्प विन्स्टोन चर्चिलका ठुलै फ्यान रहेका कारण उनको जन्मेको घर र थलो हेर्न इक्छुक भएर आज सिधै अक्स्फोर्डको ब्लेन्हेम प्यालेसमा आएका थिए। उनलाइ भ्रमण बेलायती प्रधानमन्त्री टेरेजा मे र उन्का श्रीमानले गरेका थिए। हुन त राष्ट्रपती ट्रम्प बेलायतसँग ब्यापारिक सम्झौता गर्नका लागी आएकाहुन र यही अवसरमा प्रधानमन्त्री टेरेजा मे र राष्ट्रपती ट्रम्पका बिच अनेकौ कुरामा छलफल भएको जानकारी आएको छ।


बिबिसीले आफ्नो अनलाइन वेबसाईटमा जानकारी दिए अनुसार राष्ट्रपती ट्रम्पले बेलायतकि प्रधानमन्त्री टेरेजा मेलाई यदी बेलायतले युरोपियन युनियन छाडेमा बेलायत सँग आफ्नो ब्यापार सम्झौता तोडने र युरोपियन युनियनको देशहरुसँग सम्झौता गर्ने जानकारी दिए । जुन बेलायतको लागि राम्रो हैन, यस्को अलवा रुस, ईरान, सिरिया सँगको सम्बन्धका बारेमा पनि प्रधानमन्त्री टेरेजा मेले जानकारी लिएकी थिईन।


आजको भ्रमण को दौरानमा बिभिन्न ब्यापारिक सम्झौतामा हस्ताक्षर भएका छन् भने अर्को तिर बिपक्षी दलका नेता र सर्बसाधाहरणहरुले ट्रम्पको भ्रमणको बिरोध गरेका थिए र नारा लगाई, प्लेकार्ड देखाई बिरोध गरेका थिए।
बेलायतका लेबर पार्टीका नेता जेरेमी कार्बनका अनुसार प्रधानमन्त्री टेरेजा मेले राष्ट्रपती ट्रम्पलाई बेलायतमा स्वागत गरेर ठुलो गल्ती गरेको भनेका छन्। उन्ले ट्रम्पलाई “खतरनाक र आतन्कबादी ” भनेकाछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार