अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०१९ का लागि डिभी पर्ने नेपालीको संख्या विवरण सार्वजनिक गरेको छ । डिभी लोटरीको रिजल्ट गत मे १५ मा सार्वजनि भएपनि कति नेपालीहरुलाई डिभी लोटरी परेको छ भन्नेबारे सार्वजनिक गरिएको थिएन ।
अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक सन् २०१९ का लागि ३६३३ जना नेपालीहरुलाई डिभी लोटरी परेको छ । चालु आर्थिक बर्षका लागि ४०९७ जना नेपालीहरुलाई डिभी लोटरी परेपनि आर्थिक बर्ष २०१९ का लागि डिभी लोटरी पार्ने नेपालीहरुको संख्या कम भएको छ ।

आर्थिक बर्ष २०१९ का लागि डिभी लोटरी पार्नेहरुले आर्थिक बर्ष सुरु हुनासाथ अर्थात् आगामी अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०१९ को सेप्टेम्बर ३० सम्म भिसा पाउनेछन् ।
विश्वभरबाट भने ८७ हजार ६ सय १० जनाले डिभी लोटरी पारेका छन् । उनीहरुमध्ये ५० हजारको हाराहारीमा मात्र अमेरिकाको ग्रिनकार्ड पाउनेछन् । ठ्याक्कै ५० हजार जनालाईमात्र डिभी पार्दा सबै योग्य नहुने तथा बदलिएको अवस्थाका कारण अमेरिका आउन इच्छुक नहुने भएकाले ५० हजार भन्दा धेरैलाई डिभी लोटरी पार्ने गरिएको अमेरिकी सरकारले जनाएको छ ।
https://www.dvlottery.state.gov/esc/(S(kwcav1dmoeofefozsjulmvfz))/CheckStatus.aspx
आफूलाई डिभी लोटरी परे नपरेको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।
सन् २०१९ का लागि विश्वभरबाट १ करोड ४३ लाख ५२ हजार १३ जनाले डिभी लोटरी भरेका थिए । जसमा उनीहरुका आफन्तहरु समेत जोड्दा २ करोड २४ लाख २५ हजार ५३ जना हुन आउँछ । उनीहरुले गतबर्ष सन् २०१७ को अक्टोबर १८ देखि नोभेम्बर २२ सम्म डिभी लोटरी भरेका थिए ।
२०१९ का लागि एसियाका मुलुकहरुमध्ये सबैभन्दा धेरै डिभी लोटरी पार्नेमा नेपाल दोश्रो स्थानमा परेको छ । एसियाको पहिलो स्थानमा इरानका ४१९९ जनालाई डिभी लोटरी परेको छ । इरान यो बर्ष विश्वमा नै सबैभन्दा धेरै डिभी लोटरी पार्ने मुलुक हो ।
खसोखास
















