पक्राउ परेका पूर्वप्रम शरीफलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना

पेसावर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ उनलाई पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । उनीसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री शरीफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए ।


शरीफलाई हालैमात्र पाकिस्थानको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो ।

सो फैसलाको समयमा लन्डनमा रहेका शरीफलाई हिजो स्वदेश फर्किएलगत्तै निणन्त्रणमा लिइएको छ । उनलाई यसरी पक्राउ गरिएपछि पकिस्थानको राजनीतिमा भने नयाँ उतारचढाव आएको छ । पाकिस्तानमा यही जुलाई २५ मा संसदको निर्वाचन हुन लागेको छ । सो निर्वाचनको प्रचारप्रसार अभियान शुरु भइसकेको छ ।

निर्वाचनको पूर्व सन्ध्यामा उनलाई यसरी नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथल हुने अनुमान गरिएको छ । उनले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाएको बताए । लन्डनबाट पनि हिजो स्वदेशका लागि प्रस्थान गर्नुअघि उनले सार्वजनिक गरेका एक भिडियोमा भनेका थिए, “म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरु मलाई पक्राउ गर्न सक्छन् ।”

उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ ।

श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लण्डनमा थिए। उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन् । प्रायः उतारचढावपूर्ण रहेको पाकिस्ताको राजनीतिक यात्रा सरिफको पक्राउपछि भने कता मोडिने हो भन्ने कौतुहल पाकिस्तानी नागरिकको रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार