अमेरिकामा १२ रुसी गुप्तचरविरूद्ध अभियोग, ट्रम्प र पुटिनबीचकाे शिखर बैठक के हाेला ?

बिबिसी ।

अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा १२ जना रुसी गुप्तचर अधिकारीहरूविरुद्ध अभियोग लगाइएकाे छ । मस्कोले १२ जना रुसीविरूद्ध लगाइएका आरोपले आगामी साता हेलसिन्कीमा राष्ट्रपति पुटिन र ट्रम्पबीच हुने शिखर बैठक रोक्ने उद्देश्य राखेको प्रतिक्रिया दिएको छ।

तर अमेरिकी राष्ट्रपति कार्यालयले भने त्यस घटनाले दुर्इ देशका राष्ट्रपति डाेनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच हुने शिखर बैठकलाई जोखिममा नपार्ने दाबी गरेकाे छ । राष्ट्रपति ट्रम्पकी एकजना प्रवक्ता सेराह सेन्डर्सले उक्त बैठक पूर्वनिर्धारित समयमै हुने बताएकी छन्।

ती रुसीहरूलाई एउटा सफ्टवेयरको प्रयोग गरी डेमोक्र्याटिक पार्टीको राष्ट्रिय समितिका अध्यक्षविरुद्ध गुप्तचरी गरेको र पार्टीका कम्प्युटरहरू ‘ह्याक’ गरेको आरोप लगाइएको छ।

सह-महान्यायाधिवक्ता रोड रोजन्स्टाइनले आरोपित व्यक्तिहरूले गलत इमेल र सफ्टवेयरहरूको प्रयोग गरेको बताए। उनले ‘ह्याकर’हरूले निर्वाचन गराउने निकायको वेभसाइट ‘ह्याक’ गरेर करिब ५ लाख मतदाताका विवरण पनि चोरी गरेको जनाएका छन्।

यदि रुसी सेनाले एउटा कुनै अमेरिकी राजनीतिक दलको मुख्यालयमा बम खसालिदिएको भए त्यसलाई युद्धको कदमका रूपमा हेरिन्थ्यो। तर चुनावी बेला भएका यी साइबर अाक्रमणले भने त्यति गम्भिर स्थिति नअाएकाे विश्लेषकहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार