इंग्ल्याण्डबिरुद्ध बेल्जियमको उत्कृष्ट गोल

काठमाडौं । विश्वकप २०१८ अन्तर्गत तेस्रो स्थानको लागि इंग्ल्याण्ड र बेल्जियमबीच भईरहेको खेलमा बल्जियमले एक गोल गरेको छ । खेलको चौथो मिनेटमा बेल्जियमका थोमस मेनेयरले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका छन् ।

इंग्ल्ण्याड २८ वर्ष पछि तेस्रो स्थानको लागि भिड्न लाग्दा बेल्जियम ३२ वर्ष पछि तेस्रो स्थानको लागि प्रतिष्पर्धा गरिरहेका छन् । इंग्ल्याण्डले सन् १९९० मा तेस्रो स्थानको लागि खेल्दा बेल्जियमले १९८६ मा तेस्रो स्थानको लागि खेलेको थियो ।

इंग्ल्याण्ड सेमिफाईनलमा क्रोएसियासंग दुई एक गोलले पराजित भएको थियो भने बेल्जियम फ्रान्ससग एक गोलले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार