प्रियंकाले मिडियासामु मुख खोलिन गायक निक जोनससँगको सम्बन्धबारे !

मुम्बई । बलिउड हुँदै हलिउडसम्म अभिनय यात्रा पुर्याएकी नायिका प्रियंका चोपडाको पछिल्लो समय हलिउड नायक निक जोनससँगको सम्वन्धले निकै चर्चा पाएको छ । प्रियंकाले पहिलो पटक मिडिया सामु निकसँगको सम्वन्धबारे मुख खोलेकि छिन् ।्हलिउडमा फिल्म खेल्न गएकी प्रियंकाको त्यहाँ निकसँग भेट भएको र त्यहीबाट यी दुईबीच अफेयर सुरु भएको थियो।बलिउडमा दुबैको अफेयर उत्कर्षमा पुगेको टिप्पणी भइरहेका छन्।


प्रियंकाले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘हामी एक अर्कालाई चिन्ने र बुझ्ने कोसिस गरिरहेका छौं। मेरो विचारमा यो निकका लागि पनि एक राम्रो अनुभव हुनेछ।’

गोवा भ्रमण र आकाश अम्बानीको इन्गेजमेन्टमा सँगै देखिएको प्रसंगबारे प्रतिक्रिया दिँदै उनले यो समय सुन्दर रहेको र निकलाई पनि रमाइलो लागेको बताइन।

‘कुनै पनि रिलेसनशिपमा आफ्नो पार्टनरसँग यात्रा गर्नु सजिलो छैन्, तर मेरो लागि वार्षिक रुटिन जस्तै हो। मेरो त पुरै जीवन यात्रामै छ। म हरेक दोस्रो हप्तामा घुम्ने योजना बनाउँछु। कहिले साथीसँग त कहिले परिवारसँग। मेरा लागि यो सामान्य कुरा हो’, उनले प्रष्ट पारिन।

समाचारअनुसार प्रियंकाले यसपटक आफ्ना जन्मदिन न्युयोर्कमा निकसँग मनाउने योजना बनाएकी छिन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार