
काठमाडौं । रुसमा जारी विश्वकप फूटबल प्रतियोगिताको फाइनल आज हुँदै छ । नेपाली समय अनुसार राति पौने ९ बजे फ्रान्स र क्रोएसियाबीच मस्कोको लुज्हनिकी रंगशलामा फाइनल खेल हुँदैछ ।
क्रोएसिया विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्यमा रहेको छ भने तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्स दोस्रो पटक विश्वकप विजेता बन्न आतुर रहेको छ ।
यसै सन्दर्भमा विगतका विश्वकपहरुमा उपधि समेत जितेर सनसनी मच्चाएका फुटबलका स्टार खेलाडिहरुको बाल्यकालदेखिको फुलबल यात्रा र संघर्षको कथा यहाँ प्रस्तुत गर्न खोजिएको छ ।

पेले
पेलेलाई फुटबलका सम्राट् मानिन्छ । संसारभरमा पेलेको नामले कहलिएका उनको पुरा नाम हो एडसन एरान्टेन्स डो नासिमेन्टो । सन् १९४० अक्टोबर २३ मा ब्राजिल स्थित एड्सन गाउँको एक गरिब परिवारमा जन्मेका उनी आफ्नो जीवनमा विभिन्न संघर्षका बिच आफ्नो अदभूत खेल कौशलले फुटबल संसारमा प्रख्यात भए।

म्यारोडोना
जब विश्व फुटबल जगतमा अर्जेन्टिनाका स्टार खेलाडी म्यारोडोनाको उदय भयो तब फुटबल फ्यानहरुले ब्राजिलियन स्टार पेलेसँग उनको तुलना गर्न थाले ।
यसका कारण विश्वभरका फ्यानहरुको विचार बाँडियो । कतिले म्यारोडोना हालसम्मकै उत्कृष्ट खेलाडी भने, कतिले पेले जस्तो खेलाडी हालसम्म कोही नभएको तर्क पेस गर्न थाले । उनीहरूलाई लिएर आलोचकहरु, फ्यानहरु आ–आफ्ना तर्कहरू दिने गर्थे ।
उनको पुरा नाम डियोगो अमान्डो म्याराथन हो । सन् अक्टोबर ३०, १९६० जन्मिएका थिए । देब्रे खुट्टाको बढी प्रयोग गर्ने म्यारोडोनाको चर्चा तब भयो जब उनले सन् १९८६ को विश्वकप अर्जेन्टिनालाई जिताउन सफल भए । क्लबबाट खेलेर पनि उत्तिकै चर्चामा रहेका म्यारोडोनाले इटालियन लिग तथा युरोप कपमा सानदार खेल प्रदर्शन गरेका थिए । म्यारोडोनाको अर्को उत्कृष्ट क्षमता भनेको उनी फ्रि किक हान्न माहिर थिए । गोल हुन नसक्ने मानिएका स्थानहरूबाट समेत गोल गर्ने क्षमता उनमा रहेको थियो । यसैका कारण पनि उनको फुटबल हेर्न फ्यानहरु मरिहत्ते गर्थे ।
म्यारोडोनाले सन् १९८६ मा सबैलाई आकर्षित गर्ने खेल प्रदर्शन गरे । उनको जीवन कालका दुई सर्वोत्कृष्ट गोल गर्न उनी सफल रहे । खेल मैदानको मध्यभागबाट धेरै खेलाडीहरूलाई छलाउँदै गरेको सानदार गोलको चर्चा आज पनि उत्तिकै हुने गरेको छ । उक्त गोललाई फिफाले ‘गोल अफ दि सेन्चुरी’ को रूपमा लियो । यस्तै गोल उनले बेल्जियम विरुद्धको खेलमा पनि गरेका थिए । त्यस्तै सन् १९८६ कै विश्वकपमा म्याराडोनाले हातले गोल गरे । धेरै पटक रिप्लेमा हेरेपछिमात्र ह्याण्डबल थाहा भएको थियो । उक्त गोललाई ‘भगवानको हात’ भनिएको थियो । उनले केही सिजन बार्सिलोनाबाट पनि खेल खेले । त्यसपश्चात् उनी इटालियन क्लब नपोली गएका थिए । नेपोलीलाई लिग उपाधि जिताउन उनी सफल रहे । त्यस्तै क्लबलाई युइफए कप पनि जिताउन सफल भए ।
मेस्सी

उनको पूरा नाम लुइस लिओनल आन्द्रेस मेस्सी हो । आज विश्वलाई आफ्नो फुटबल कलाले लोभ्याउन सफल मेस्सीको बाल्यकाल एकदम कष्टकर थियो । उनि सन् १९८७ मा अर्जेन्टिनाको रोसासियामा भएका थिए । उन्का बुबा स्टिल कारखानामा काम गर्थे भने आमा सफाईको काम गर्थिन् । पढाईमा ध्यान दिन नपाए पनि मेस्सी फुटबलमा भने सानै देखि पोख्त थिए ।

धेरैलाई थाहा नहोला उनको संघर्षबारे । उनले ५ वर्षको उमेर देखि स्थानीय क्लबमा फुटबल खेल्न शुरु गरेका थिए । मेस्सीलाई सानो छँदा ग्रोथ हर्मोन सम्बन्धि रोग लागेको थियो । उनलाई तीन वर्षसम्म लगातार हप्ताको सात दिन सुई लगाउनुपरेको थियो । मेस्सीलाई उपचारका लागि मासिक १ सय डलर लाग्थ्यो । आर्थीक स्थिती कमजोर भएका कारण उनका परिवारको लागि यो सम्भव थिएन । तर, पनि उनले त्यो रोकलाई जिते । मेस्सी आज त्यो स्थानमा हुनु विशेष परिवार र बार्सिलोना क्लबको ठूलो हात रहेको छ । जति खेर मेस्सी बार्सिलोना प्रवेश गरे त्यो समय उनको उमेर भन्दा धेरै कम उच्चाई थियो ।
सानैबाट फुटबलमा सम्भावना देखाएका मेस्सीका बाबा जोर्गीले छोराको प्रतिभा देखेर धेरै क्लबहरूमा प्रस्ताव लगेका थिए । जोर्गीले छोराको रोगको जुन क्लबले उपचार गर्छ त्यही क्लबमा अनुबन्ध गराउने भन्दै धेरै क्लब चहारेका थिए । प्रत्येक महिना हजार डलर उपचार खर्च लाग्ने भएकोले अर्जेन्टिनाकै न्युअल्स बोल्ड ब्वाइज र रिभर प्लेट क्लबले इन्कार गरेका थिए । छोराको भविष्यको चिन्ताले पोलेको जोर्गी क्लब खोजी गरिरहँदा बार्सिलोनाको सम्पर्कमा पुगेका हुन् । बार्सिलोनाले परीक्षा लिएपछि जोर्गीको प्रस्तावमा बार्सिलोना राजी भएका थिए ।
सन् २००० मा १३ वर्षको उमेरमै बार्सिलोना बाबुको साथ लागेर गएका हुन् । लाजालु स्वाभावका मेस्सी २००१ मा नै बार्सिलोनाको चर्चित फुटबल स्कुल ला मासियामा प्रवेश पाए । त्यहीबाट उनले फुटबलको ज्ञान पाए । मेस्सीले बार्सिलोना प्रवेश गरेको ४ वर्षमानै बार्सिलोनाबाट डेब्यू गरेका थिए । बार्सिलोमा प्रवेश गरेको ९ वर्षसम्ममा त मेस्सी चचित देलाडी बनिसकेका थिए ।
सन् २००९ मा मात्रै मेस्सीले बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लागि, फिफा क्लब विश्वकप, स्पेनिस सुपरलिग, कोप डेल रे र युएफा सुपर लिगको उपाधि उचालेका थिए । आज सम्म मेस्सीले बार्सिलोनालाई २२ उपाधि दिलाइसकेका छन् । यस वर्ष मात्रै मेस्सीले बार्सिलोनालाई ला लागि र कोप डेल रेको उपाधि जिताई सकेका छन् । बार्सिलोनामा रहेर ९ सिजन खेलिसकेका मेस्सीले प्रत्येक सिजनमा ४० बढी गोल गरेका छन् । उनले २०११/०१२ सिजन लालिगामा सर्वाधिक ५० गोल गरेर गिनिज बुकमा नाम समेत लेखाउन भ्याइसकेका छन् ।
उनले पाँच पटक विश्वको सर्बोत्कृष्ट खेलाडीले पाउने बालोन डी’अर अवार्ड समेत जितिसकेका छन् । मेस्सीले अर्जेन्टिनानालाई पनि उपाधि दिलाएका छन् । मेस्सीले सन् २००५ मा अजेन्टिनालाई फिफा यू–२० विश्वकपको पनि उपाधि दिलाए । त्यस्तै सन् २००८ मा चीनमा सम्पन्न भएको ओलाम्पिकमा उनले अर्जेन्टिनालाई स्वार्ण पदक समेत दिलाएका छन् ।
रोनाल्डो
क्रिस्टियानो रोनाल्डोको जन्म सन् १९८५ फेब्रुअरी ५ मा फन्चल,म्याडेइराको एक बस्तीमा भएको थियो । माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोको कान्छा छोरो को रूपमा भएको थियो ।

उनको मातापिताले उनको “रोनाल्डो” नाम त्यतिबेलाका अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको नाममा राखेका थिए किनकि रोनाल्ड रेगनउनका बुवाका मन पर्ने अभिनेता थिए । रोनाल्डो स्कुलमा रहँदा अन्य विद्यार्थी सरह पढाइमा अब्बल थिए तर उनी आफ्ना शिक्षकलाई कुर्सीले हिर्काएर स्कुलबाट निष्कासित भएका थिए । व्यावसायिक खेलाडीका रूपमा स्थापित भइसकेपछी उक्त घटनाको बारेमा बोल्दै उनले भनेका थिए, उहाँले मलाई अनादर गर्नुभयो । १४ वर्षको उमेरमा उनले आफ्नी आमाको कुरा मानेर सम्पूर्ण ध्यान फुटबलमा केन्द्रित गर्ने वचन दिए ।
उनेको बाल्यकाल एकदम दुखद तरिकाले बितेको थियो । सानो टिनको छाना भएको घर र काम गर्ने वातावरणमा हुर्केका हुन् रोनाल्डो । उनेका पिता मालीको काम गर्थे । धेरै मादक पदार्थ सेवन गर्ने भएकाले मृगौलाको रोगको कारण २००५ मा उनेको पिताको मृत्यु भयो । आफ्नो बच्चाहरूको पेट भर्न र पैसाको समस्या कम गर्नका लागि रोनाल्डोकी आमाले खाना बनाउने र सफासुग्घर गर्ने काम गर्न थालिन् ।
उनका पिताले क्लबमा उपकरण प्रबन्धकका रूपमा गरेको कामका कारण उनी खेलमा चिनिन पुगे । १० वर्षको उमेर बाट नै रोनाल्डोले खेलप्रतिको समर्पण देखाइसकेका थिए । उनलाई खेल एकदमै मनपथ्यर्ने र त्यसका लागी आफ्नो निदान«ा, भोक, प्यास सबै त्याग गर्न तत्पर रहन्थे ।
बाल्यकाल देखिनै रोनाल्डोलाई फुटबल खेल मनपथ्र्यो । तर उनको आमालाई रोनाल्डोले फुटबल खेलेको भने पटक्कै मन पर्दैनथ्यो । त्यसैले रोनाल्डोले आमा अरुको घरमा काम गर्न गएको मौका छोपेर फुटबल खेल्न जाने गर्थे । फुटबल खेल्नकै लागि रोनाल्डोले सधै आमासंग झुठ बोल्ने समेत गर्थे । उनको फुटबल प्रतिको लगाव देखेरै उनलाई ११ बर्षको उमेरमा स्पोर्टिङ लिस्वन फुटबल क्लबले ट्रायल्सका लागि प्रस्ताव गरेको थियो ।

सन् २००२ मा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा प्रबेश गर्दा रोनाल्डोको खातामा केबल ५ गोल मात्र रहेको थियो । अहिले रोनाल्डोको नाममा फुटबलका दर्जनौ रेकर्डहरु रहेका छन् ।
– रोनाल्डो वल्र्ड सकर प्लेयर अफ दि इयर सर्वाधिक हुने खेलाडीमा पर्छन् । उनले यो उपाधि ५ पटक सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा पाएका छन् ।
– रोनाल्डोले ४ पटक वल्र्ड बेष्ट टप गोल स्कोररको उपाधि सन् २०१३, २०१४, २०१६ र २०१७ मा पाएका छन् ।
– उनी सन् २००९ देखि २०१३ सम्म विश्वकै सर्वाधिक महंगा फुटबलरको रुपमा रहेका थिए ।
– फिफाले प्रदान गर्ने बलोन डि ओरको उपाधि उनले अर्जेन्टिनाका लियोनल मेस्सी जत्तिकै ५ पटक सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा पाएका थिए ।
महादेशिय खेलमा हेर्ने हो भने रोनाल्डोले यूरोपमा खेलिने प्रमुख ६ लीग प्रतियोगितामा सर्वाधिक ३ सय ९४ गोल गरेका छन् । रोनाल्डोले युईएफए प्रतियोगितामा मात्र सर्वाधिक १ सय ५२ गोल गरेका छ्न् । उनले यूरोपियन प्रतियोगिताहरुमा आयोजना हुने क्लव फुटबलमा १ सय २३ गोल गरेका छन् ।
फरवार्ड पोजिसनमा खेल्ने रोनाल्डोले यूइएफएले प्रदान गर्ने बेष्ट प्लेयर अफ दि यूरोपको उपाधि ४ पटक जितिसकेका छन् । रियल म्याड्रिडवाट प्रोफेसन फुटबल खेलिरहेका रोनाल्डोले रियल म्याड्रिडको तर्फवाट सर्वाधिक ४ सय ३८ गोलको किर्तिमान् राखेका छन् । उनी स्पेनिश लिग ला लीगामा सर्वाधिक ३ सय १ गोल गर्ने खेलाडी पनि हुन् ।
यति राम्रो खेल्ने खेलाडीको आम्दानी कति होला भन्ने तपाईहरुलाई लागेको पनि होला । फुटबलरहरुले फुटबल खेलेर सर्वाधिक कमाउने भनेकै यूरोपमा फुटबल खेलेर नै हो । त्यसैले फोब्र्स म्यागजिनले रोनाल्डोलाई दुई पटक फुटबल खेलेर विश्वकै सर्वाधिक आम्दानी गर्ने खेलाडी घोषणा गरेको थियो । उनले फुटबल खेलेर पाउने तलब, बोनस र विज्ञापनहरुमा गरेको मोडलिंगको आधारमा सन् २०१३ देखि २०१४ सम्ममा ७ अर्ब ३० करोड रुपैंया आम्दानी गरेका थिए । यो आम्दानी सन् २०१४ देखि २०१५ मा बढेर ७ अर्ब ९० करोड रुपैंया भएको थियो ।
सन् २०१६ मा त रोनाल्डोले आफ्नो आम्दानीमा ठुलै छलाङ मारे । फोब्र्सले यो बर्ष सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूचीमा राख्दा रोनाल्डोको आम्दानी बार्षिक ८ अर्ब ८० करोड रुपैंया भएको थियो । सन् २०१६ देखि २०१७ मा सर्वाधिक आम्दानी गर्ने खेलाडीमा फोब्र्सको सूचीमा शिर्ष स्थानमा बस्दा रोनाल्डोको बार्षिक आम्दानी ९ अर्ब ३० करोड पुगेको थियो । यो हिसाववाट हेर्ने हो भने रोनाल्डोले मासिक आम्दानी ७७ करोड ५० लाख रुपैंया कमाउथे भने उनको दैनिक आम्दानी मात्र २ करोड ५८ लाख रुपैंया हुने गथ्र्यो ।
हाल लियोनल मेस्सी र रोनाल्डोमा को सर्वोकृष्ट खेलाडी भन्ने विषयले चर्चा पाइरहेको छ कि त्यस्तै सन् १९७० को दशक पछि यस्तै विवाद चलेको हालसम्म पनि चलिरहेको छ ।
एजेन्सीको सहयोगमा नबिन राईको प्रस्तुति
















