गोरेका भाई दुबईबाट पक्राउ


तस्करीको ३८ क्विनटल सुन र सनम शाक्य हत्याकाण्डका अभियुक्त रमेश उप्रेती दुबईमा पक्राउ परेका छन्।
सुन प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाई रमेशको दुबईबाट सुन पठाउन मुख्य भुमिका रहेको आरोपसहित उनलाई पनि प्रतिवादी बनाइएको थियो।

इन्टरपोलको रेड नोटिसमा रहेका रमेशलाई केही दिनअघि दुबई प्रहरीले पक्राउ गरेको हो। उनलाई नेपाल ल्याउन पहल भइरहेको गृहका उच्च अधिकारीले बताए। इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो काठमाडौं मार्फत इन्टरपोल मुख्यालयले रमेशसहित सुन तस्करीका मुख्य नाईके एमके मामा भन्ने मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्का बिरुद्ध जुन १८ मा रेड नोटिस जारी गरेको थियो। उनलाई नेपाल ल्याउन पहल भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार