अमेरिकामा स्वीमिङ पुलमा डुबेर एक नेपाली युवाको मृत्यु !

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित ओरेन्ज कोष्ट कलेज, कोष्टा मेसामा स्वीमिङ पुलमा डुबेर १९ वर्षीय अमिर शाहीको मृत्यु भएको हो।

सुर्खेत स्थाई घर भएका शाहीको अपार्टमेन्ट नजिकैको स्वीमिङ पुलमा पौडी खैल्ने क्रममा डुबेर अर्धचेत भएका थिए। उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लिँदा उपचारको क्रममा मृत्यु भएको हो।

सन् २०१७ को अगस्टमा अध्ययनको सिलसिलामा अमेरिका आएका अमिर समर बिदाको क्रममा अपार्टमेन्टमा पुगेका थिए।

केहिबेरमा फर्किन्छु भनेर कोठाबाट निस्केका अमिर त्यहाँको स्वीमिङ पुलमा डुबेको क्यालिफोर्नियाबासी नेपाली प्रतिमा राणाले बताइन्। राणाका अनुसा अमिरलाई प्रहरीले नै अस्पताल पुर्याएको थियो।

अहिले अमिरको शव नेपाल पठाउनको लागि क्यासलिफोर्नियाबासी नेपालीले सहयोगको अपिल गरेका छन्

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार