मलाई चुनौतीको सामना गर्न मन लाग्छ त्यसैले युभेन्ट्स आएको हुँ : रोनाल्डो

पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो आफू नयाँ चुनौतीको सामना गर्न इटालियन क्लब युभेन्ट्समा आवद्ध भएको स्पष्ट पारेका छन्।

युभेन्ट्ससँग नयाँ सम्झौता गर्न टुरिन पुगेका रोनाल्डोले सोमबार पत्रकार सम्मेलनमा बोल्दै आफू करियरको अर्को चुनौतीको सामना गर्न इटाली आएको बताएका हुन्।

रोनाल्डोलाई पहिलोपटक युभेन्ट्सले पत्रकार सम्मेलनबाट सार्वजनिक गरेको थियो ।

यसअघि रोनाल्डोले आफू युभेन्टसको सट्टा नेपोली जान चाहेको खुलाएका थिए।

इटालियन च्याम्पियन युभेन्ट्समा हालै आबद्द भएका रोनाल्डो युभेन्ट्समा नभई चिरपरिचित प्रतिद्वन्द्वी क्लब नेपोली जान खोजेको खुलासा भएको हो । रोनाल्डोले युभेन्ट्ससँग सम्झौता गर्नु अघि यो खुलासा भएको थियो।

अन्तर्राष्ट्रिय समाचार डेली मेलका अनुसार रोनाल्डोको माग अनुसार नेपोलीले रकम तिर्न नसक्ने बताएपछि रोनाल्डो युभेन्ट्स गएका थिए।

पोर्चुगलका कप्तान रोनाल्डोलाई भित्राउन युभेन्ट्सले १०५ मिलियन पाउण्डमा तिरेको छ।

रोनाल्डोले युभेन्टससंग हरेक सिजन ३० मिलियन पाउण्ड पाउने गरी चार वर्षे सम्झौता गरेका हुन्।

युभेन्ट्स विश्वको उत्कृष्ट क्लब भएको दाबी गर्दै रोनाल्डोले आफू यहाँ आउनु करियरको महत्वपूर्ण कदम भएको बताए।

‘मलाई अझै चुनौतीको सामना गर्न मन लाग्छ । म मेरो करियरको अर्को चुनौतीको समाना गर्न यहाँ आएको छु,’ रोनाल्डोले भने ।

रोनाल्डोले आफू छुट्टी मनाउन र रिटायर्ड खेल जीवन बिताउन इटाली नआएको स्पष्ट पार्दै क्लबलाई उपाधि दिलाएर छोड्ने दाबी गरे।

‘मलाई युभेन्ट्सले अवसर दिएको छ । म क्लबप्रति आभारी छौ । म जित्न चाहन्छु, म यहाँ उत्कृष्ट हुन चाहन्छु।’

युभेन्ट्सले रोनाल्डोलाई आज (सोमबार) सार्वजनिक गरेको हो। क्लबसँग सम्झौता गर्न रोनाल्डो आइतबार नै इटालीको टुरिन पुगिसकेका थिए।

सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका ३३ वर्षीय रोनाल्डोले रियलसंगको अनुबन्ध सम्झौता ३ बर्ष बाँकी छदै युभेन्ट्स गएका हुन् । ९ बर्ष रियलमा बिताएका रोनाल्डोले गत सिजन सन् २०२१ सम्मको लागि सम्झौता गरेका थिए ।

रियलका लागि रोनाल्डोले ४ सय ५१ गोल गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार