विनय र सृष्टि प्रेममा,रोमियो एण्ड मुनाको गीतको भिडियो ‘तिम्रै लागि हो’ सार्वजनिक !

काठमाडौँ । फिल्म ‘रोमियो एण्ड मुना’ को गीतको भिडियो ‘तिम्रै लागि हो’ सार्वजनिक गरेको छ । आज वीहिबार अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ को रोमान्टिक गीत रिलिज भएको हो ।

हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको यस गीतमा गौरव डगोकरले स्वर दिएका छन् । कोरियोग्राफी भने विक्रम स्वाँरले गरेका हुन् । फिल्मको निर्देशन नरेश कुमार केसीले गरेका छन् । निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सहयोग गरेका छन् ।

प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ । फिल्मलाई साउन ११ गतेला प्रदर्शन मिति तोकिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार