‘जय शम्भू’को रोमान्टिक गीत ‘मत परे तिम्रै भर’ (भिडियोसहित)

काठमाडौँ । फिल्म ‘जय शम्भू’मा समावेश रोमान्टिक गीत ‘मत परे तिम्रै भर’ को भिडियो रिलिज भएको छ । उक्त गीतमा टंक बुढाथोकीको स्वर तथा संगीत रहेको छ भने अञ्जु पन्तको फिमेल भोकल छ ।

गीतको शब्द अमृता नेपालले लेखकी छन् । गीतको भिडियोमा अनुपविक्रम शाही र बर्षा सिवाकोटी फिचरिंग रहेको छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । रुपेश तामांग निर्देशित फिल्म ‘जय शम्भू लाई’ चक्र तामांगले निर्माण गरेका हुन् भने शिक्षा काफ्ले र कुशल शर्मा सह निर्माताको रुपमा प्रस्तुत भएका छन् ।

केहि समय अगाडी फिल्मको २ पोस्टर एकसाथ रिलिज गरिएको थियो । उक्त सार्वजनिक पहिलो पोस्टरमा अभिनेता अनुपबिक्रम शाही र अभिनेत्री बर्षा शिवाकोटीलाई प्रेमभावमा देखाइएको थियो भने दोश्रो पोस्टरमा अनुपसँगै अर्का अभिनेता प्रशान्त ताम्राकार एङ्ग्री लुक्समा प्रस्तुत थिए।

यस्तै फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन र बनिश शाहको सम्पादन रहेको छ । ‘जय शम्भू’लाई राजधानीमा गोपाल काजी कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएको छ । राजधानी वितरणको लागि कायस्थको बिके फिल्मस् सँग पहिलो पटक जयन ईन्टरटेन्मेन्टका जयन श्रेष्ठले पनि सहकार्य गरेका छन् । यो फिल्मबाट जयन श्रेष्ठले वितरणमा हात हालेका हुन् ।

यस्तै यसै फिल्मबाट निकै राम्रो अभिनय गर्ने अभिनेत्री अञ्जु केसी महर्जनका छोरा रोशन महर्जनले पनि धमाकेदार डेब्यू गर्दैछन् । भदौ १ गतेदेखि प्रदर्शनको मिति तोकिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार