रोनाल्डोको स्थानमा रियलले भित्र्यायाे भिनिससलार्इ, ३८ मिलियन युराेमा ६ वर्षका लागि अनुबन्ध

पोर्चुगलका चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोकाे स्थानमा रियल मड्रिडले ब्राजिलका युवा खेलाडी भिनिसस जुनियरलाई क्लबमा अनुबन्ध गरेको छ। राेनाल्डाेलार्इ रियल मड्रिडले बेचेपछि भिनिससलार्इ अनुबन्ध गरेकाे हाे ।

राेनाल्डाकाे स्थानमा विश्वकै चर्चित स्टारहरूमध्ये कसैलाई रियलले अनुबन्धन गर्ला भन्ने धेरैकाे अाँकलन थियो । तर, त्यो सम्भावनालाई कायमै राख्दै १८ वर्षीय फरवार्ड भिनिससलाई ६ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो ।

रियलले शुक्रबार भिनिससँग सन् २०२५ सम्मक लागि सम्झौता गरेको छ । भिनिससलाई रियलले ब्राजिलियन क्लब फ्लामेन्गोबाट ३८.७ मिलियन युराे (करिब ३५ मिलियन पाउण्ड)मा भित्र्याएको जनाइएकाे छ । उसले शुक्रबार नै भिनिससलाई अनुबन्धन गरेकाे जानकारीसहित सार्वजनिक गरेकाे हाे ।


भिनिसस पछिल्लो पुस्तामध्येकै प्रतिभाशाली खेलाडी मानिएकाे छ । उनले उमेर समूहका यु–१५, यु–१७ र यु–२० खेल ब्राजिलियन टिमबाट खेलिसकेका छन् । भिनिससले गत सिजन फ्लामेन्गोबाट ३७ खेल खेल्दै ७ गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार