
अमेरिका । डा गोविन्द केसीको समर्थनमा वाशिंगटन डिसी क्षेत्रमा रहेका नेपालीहरुले ऐक्यबद्धता जनाउदै अमेरिकी राष्ट्रपति बस्ने व्हाइट हाउस अगाडी गएर नेपाल सरकारलाई ध्यान आकर्षण गराएका छन् ।
बिभिन्न प्रचार सामाग्रीहरु सहित प्रदर्शन गर्दै सरकारको दमन नीतिको बिरोध गरेका छन् । उक्त बिरोध भेलामा अधिकांश सहभागीहरु विभिन्न स्थानीय संघरसंस्था तथा एनआरएनएको प्रतिनिधित्व समेत गर्दै ऐक्यबद्धता जनाएका छन् ।
भेलामा सहभागीहरुले डा केशीको माग यथा शिघ्र पुरा गर्न सरकारसंग माग गरेको छ । सरकारी दमनको बिरोध गर्दै तत्काल त्यस्ता क्रियाकलाप तुरुन्तै बन्द गर्न सरकारसंग जोडदार भन्ने माग राखेका सहमागीले बताएका छन् । डा केसीलालाई दमन गर्ने नीति सरकार लिएको आरोप लगाउदै केसी को पक्षमा समर्थन जुटाउन सबैलाई आग्रह गरेका छन् ।
















