ग्रिसमा भीषण अागलागी : कम्तीमा २० काे मृत्यु, प्रधानमन्त्रीकाे विदेश भ्रमण रद्द (तस्वीरमा)


एजेन्सी

ग्रिसको जंगलबाट सल्केकाे अागाेले भीषण रूप लिँदा कम्तीमा पनि २० जनको मृत्यु भएको छ। राजधानी एथेन्स नजिक रहेका जंगलसहितका क्षेत्रमा लागेकाे उक्त भीषण आगलागीका कारण व्यापक धनजनकाे क्षति भएकाे र याे क्रम बढ्दाे रहेकाे बिबिसीले जनाएकाे छ ।


आगलागीका कारण १०४ जनाभन्दा बढी घाइते भएका छन् भने ११ जनाको अवस्था गम्भीर रहेकाे छ। मंगलबार बिहानै सरकारका प्रवक्ता डिमिट्रिस जानाको पोउलोसले ज्यान गुमाउनेको संख्या २० नाघेको पुष्टि गरेका हुन्।

ग्रिसकाे राजधानी एथेन्सबाट ४० किलोमिटर उत्तर–पूर्वमा समुद्र किनारमा रहेको मातीको रिसोर्टमा फसेकाहरू नै ज्यान गुमाउनेमा परेका छन्। उनीहरू कार र आफ्नै घरभित्रै अागाेकाे लप्काबाट मारिएको जनाइएकाे छ।

आगो नियन्त्रणमा लिने प्रयासमा सयौँ अग्निनियन्त्रक खटिएका छन्। तर अागाेकाे ज्वाला भयंकर रूप लिइरहेकाले तत्कालै नियन्त्रणमा अाउन मुस्किल रहेकाे जनाइएकाे छ।

अागाेबाट बच्न स्थानीयहरू आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ लागेका छन्। आगलागी भएको क्षेत्रमै हराएका १० जना पर्यटकको खोजी तथा उद्धार पनि जारी रहेकाे बताइएकाे छ।

यसैबीच, ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले अाफ्नाे विदेश भ्रमण रद्द गरेका छन् । उनले आगो नियन्त्रणका लागि मानवीय रूपमा सम्भव भएका सबै प्रयास गरिरहेको बताएका छन्। आगलागीले भीषण रूप लिएपछि पूर्वनिर्धारिथ बोस्नियाको भ्रमण रद्द गरेका हुन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार