पाकिस्तानमा आम निर्वाचन जारी, क्वेटा मतदान केन्द्र नजिक भएको विस्फोटमा परि २२ को मृत्यु,२८ घाइते


पाकिस्तान । पाकिस्तानमा राष्ट्रिय र प्रदेशीय मतदान जारी रहँदा क्वेटाको मतदान केन्द्र नजिकै भएको विस्फोटमा परि २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

विस्फोट पूर्वी बाइपास नजिकै बनाइएको मतदान केन्द्र आसपास भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । २२ जनाको मृत्यु भएको र मृत्यु हुनेमा प्रहरीहरु समेत रहेको स्थानीय अस्पतालका प्रवक्ताले पुष्टि गरेका हुन् ।

त्यस्तै, सिन्ध प्रान्तको लाड्कानामा पीपुल्स पार्टीको पोलिङ्ग क्याम्प बाहिर भएको विस्फोटमा तीन कार्यकर्ता घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पताल पु¥याइएको छ । विस्फोट विपक्षीले मतदाताहरुलाई डर देखाउन गरिएको हुनसक्ने पीपुल्स पार्टीको आरोप छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार