बेइजिङमा अमेरिकी दूतावासबाहिर विस्फोट


चीनको राजधानी बेइजिङस्थित संयुक्त राज्य अमेरिकाको दूतावासबाहिर सानो विस्फोट भएको छ।

अमेरिकी सुरक्षा अधिकारीहरूका अनुसार एक व्यक्तिले दूतावास हाताबाहिर एउटा बम राखेका थिए।

विस्फोटबाट बम राख्ने व्यक्ति मात्रै घाइते भएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

विस्फोटपछि दूतावास वरपरको क्षेत्रमा सेतो धूँवाको मुस्लो देखिएको थियो।

गतिविधि
चिनियाँ समय अनुसार दिउँसो डेढ बजेतिर स्थानीयबासिन्दाले ‘चट्याङ परेको जस्तो आवाज’ सुनेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।

बीबीसीका एकजना संवाददाताका अनुसार घटनापछि अरू सामान्य दिन जस्तै दूतावासको गतिविधि देखिएको छ र मानिसहरू भिसा लिन दूतावासबाहिर लाइनमा बसेको देखिन्छ।

तस्वीर कपीराइटAFP
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार त्यो घटनासँग असम्बन्धित एउटा घटनामा अमेरिकी दूतावासबाहिर एक महिलाले आफ्नो शरीरमाथि पेट्रोल छर्केर आगो लगाएकी छन्।

प्रहरीले उनलाई पक्राउ गरेको छ।
श्रोत :विविसी नेपाली

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार