कलाकार सुदर्शन गौतम मानव तस्करीमा संलग्न रहेको खुलेको छ। अवैध रुपमा नेपालीहरुलाई अमेरिका लैजाने गिरोहका उनी नाइके भएको प्रहरीले जनाएको छ।
क्यानाडामा रहेका गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्रा्ष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई पत्राचार समेत गरिएको छ।

तीन युवतीलाई अमेरिका लैजाने भन्दै हाइटी र्पुयाएर उनले अलपत्र बनाएका थिए। त्यसमध्ये एक युवतीको समुद्रमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यहाँबाट फर्किएका युवतीको उजुरीका आधारमा प्रहरीले गौतमविरुद्ध मुद्दा दायर गरेको हो।
महानगरीय अपराध महाशाखाले गौतमको मानव तस्करी गिरोहमा आबद्ध बाग्लुङका सागर श्रीषसहित ४ जनालाई गत महिना पक्राउ गरेको थियो। उनीहरु चारै जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। गौतमलाई फरार अभियुक्त बनाई मुद्दा दायर गरिएको छ। जिल्ला अदालतले गौतमको नाममा वारेन्ट जारी गरिसकेको छ। सोही आधारमा प्रहरीले उनीविरुद्ध रेडकर्नर नोटिस समेत जारी गर्ने तयारी गरेको स्रोत बताउँछ।द
केही वर्षअघि सगरमाथा चढेपछि गौतम चर्चामा आएका थिए। दुवै हात नभएका व्यक्तिले सगरमाथा चढेको भन्दै उनको प्रशंसा भएको थियो। त्यसपछि उनले ‘हिम्मतवाली’ नामक फिल्ममा समेत अभिनय गरेका थिए। सो फिल्मबाट उनको थप चर्चा भएको थियो। नायिका रेखा थापासँगको निकटताका कारण पनि उनी चर्चामा आएका थिए।
रामेछापकाका गौतम क्यानाडाका नागरिक भइसकेका छन्। उनी त्यहाँ रेस्टुरेन्ट लगायत विभिन्न व्यवसाय गर्दै आएका छन्।
















